शीतलहर चल्न थालेपछि धनगढीमा प्रहरीद्वारा दाउरा वितरण « Khabarhub

शीतलहर चल्न थालेपछि धनगढीमा प्रहरीद्वारा दाउरा वितरण


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सर्वसाधारणलाई चिसोबाट जोगाउन कैलाली जिल्लाका विभिन्न स्थानमा दाउरा वितरण गर्न थालिएको छ ।

शीतलहरसँगै बढ्दै गएको चिसोले जनजीवनमा समस्या भएपछि वन डिभिजन कार्यालय र स्थानीय सामुदायिक वन समितिसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै दाउरा वितरण गर्न थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जिल्लाको धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा र टीकापुर नगर क्षेत्रका विभिन्न स्थानमा दाउरा वितरण गरिएको जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी बल , नम्बर ३४ गण मुख्यालय कैलालीको पहलमा डोकेबजार, पहलमानपुर, धनगढी, गोदावरी, लम्कीचुहा, जोशीपुर, भजनी टीकापुरलगायतका क्षेत्रमा दाउरा वितरण गरिएको छ । कैलाली कञ्चनपुरलगायतका जिल्लामा भइरहेको शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको छ । जाडोले वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई बढी असर पुर्‍याएको छ ।

शीतलहरका कारण आलु र गोलभेँडालगायतको बालीमा डढुवा रोगको सङ्क्रमण भई बाली नष्ट हुन थालेको स्थानीय किसान नारायण चौधरीले बताए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ६ : ५१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु