एसएसपीसहित ३४ जना प्रहरी अधिकृतले एकैदिन अवकाश पाउँदै « Khabarhub

एसएसपीसहित ३४ जना प्रहरी अधिकृतले एकैदिन अवकाश पाउँदै


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ सिनियर अधिकृतले शुक्रबार अवकाश पाउने भएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय बिभुतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले शुक्रबारदेखि
अनिवार्य अवकाश पाउने भएका हुन् ।

अवकाश पाउनेहरुमा प्रहरी उपरीक्षक (एसपी)हरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, बिद्यानन्द माझी, प्रहरी नायब उपरीक्षक डीएसपीहरु शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसि, रामशंकर कोहार, कृष्णदत्त भट्ट, बिनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ, निर्मल लामा लगायत छन् ।

त्यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरीदास श्रेष्ठ, राजेश राई लगायतले समेत शुक्रवारदेखि अनिवार्य अवकाश पाउदैछन् ।

शुक्रबारदेखि अवकाश पाउने एसएसपी सहित ३४ जना अधिकृतहरु २०४६ पुस ११ मा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : १५ बजे

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय