मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ, ४० मोटरसाइकल बरामद « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ, ४० मोटरसाइकल बरामद


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ४० वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मदनकुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दीप गुरुङ, भरत थापा क्षेत्री, इन्द्रबहादुर तामाङ, विक्रम भुजेल, राजु पौडेल, सबिन तामाङ र समिर तामाङ छन्।

मोटरसाइकल चोरी नियन्त्रणको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले गत मंसिर १४ गते मदन कुमार मोक्तानसहित तीन जनालाई पक्राउ गरेको थियो ।

उनीहरुबाट बा९४प ११४२ नम्बरको मोटरसाइकल बरामद गरेको थियो। थप अनुसन्धानको क्रममा बुधबार थप अन्य व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट बा९४प ३६४५, बा७५प १७९४, बा६७प ६३६१, ज७प १५०६, बा८४प १०३३, बा९३प ३८४३, बा८०प ११३८ र बा५९प २०५६ नम्बर लगायत ४० वटा मोटरसाइकल प्रहरीले बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : ४७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा