भारतीय गायिका भोस्लेको ‘रिहर्सल’ रेडियो नेपालमा « Khabarhub

भारतीय गायिका भोस्लेको ‘रिहर्सल’ रेडियो नेपालमा


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन बुधबार नेपाल आएकी भारतीय चर्चित गायिका आशा भोस्लेले आज रेडियो नेपाल पुगी ‘रिहर्सल’ गरेकी छन् ।

उनले आफूले स्वर दिएका विभिन्न नेपाली गीतमा रिहर्सल गरेकी हुन् । उनलाई रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटा र अन्य कर्मचारीले स्वागत गरेका थिए । साधना कला केन्द्रको निमन्त्रणमा भोस्ले नेपाल आएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोस्लेले शुक्रबार भेट गर्ने कार्यक्रम रहेको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । उनले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको पनि मोक्तानले जानकारी दिए ।

त्यस्तै भोस्लेले शुक्रबार माइती नेपाल र नारायणहिटी सङ्ग्रहालयको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

Image may contain: one or more people and people sitting

भोस्लेले शनिबार हुने साङ्गीतिक कार्यक्रममा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायतका आफूले स्वर दिएका अन्य गीत पस्कनेछन् ।

उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने छन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएका हुन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ९ : ३१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर