सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी « Khabarhub

सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले गत फागुन २८ गते विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ । सरकारले एक महिनाभित्र विप्लव समूहलाई वार्तामा आउने आग्रह गरेको छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विप्लवसमूहलाई एक महिनाको समय दिएका थिए । तर, विप्लव समूहले भने पार्टी गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता नलिए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

लगानीमा चिनियाँ चासो बढ्यो शीर्षकको समाचारमा नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।

२०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।

भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ ।

त्यस्तै जग्गा बेचेर अस्पताललाई डेढ करोड शीर्षकमा पत्रिकाले लेखेको समाचारमा भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरैतिर भौंतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाई केही गरौं भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे ।

भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् । ‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ’,पाठकले भने, ‘आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’

पाठक दम्पतीका नाममा भीमराज–उषामाया पाठक आँखा बैंक स्थापना गरिएको छ । पाठकले आँखा बैंक सञ्चालनका लागि अक्षय कोष स्थापना गरेका हुन् । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बैंक सञ्चालन गरिनेछ । नानी संकलन केन्द्रमा आँखाको नानी दान गर्न चाहनेलाई परामर्श दिने गरिएको छ । परीक्षण गर्न आउनेलाई आँखादानबारे जानकारी गराइन्छ ।

पाठक धादिङ गजुरीबाट २०१७ सालमा बसाइँ सरी चितवन आएका थिए । उनको आँखामा जलविन्दुको समस्या छ । विज्ञबाट आँखा परीक्षण गर्न योग्य भए आफूले पनि आँखादान गर्ने उनले बताए । उनका एक्ला छोरा अंशबन्डा लिएर अलग्गै बस्छन् । पाठकको अब भरतपुरमा चार कट्ठा जग्गा र घर बाँकी छ । जीवनको बाँकी समय सामाजिक सेवाका लागि जीवनको खर्चिने उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ५४ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम