उपकरण छ, चिकित्सक छैनन् | Khabarhub Khabarhub

उपकरण छ, चिकित्सक छैनन्


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइन् । बिरामी शाहीले आफ्नो ८ महीनाकी छोरीसमेत सँगै बोकेर ल्याएकी थिइन् ।

घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि बच्चा बोकेर दिनभरि हिँडेर लिम्सा पुगेकी शाहीलाई स्वास्थ्य केन्द्र पुग्न फलामका चिउरा चपाएझैँ भएको थियो । चिकित्सकलाई आफ्ना समस्या सुनाउन आएकी शाही त्यहाँ पुग्दा चिकित्सक थिएनन् । हेर्दा चिटिक्क परेको सुविधायुक्त स्वास्थ्यको भवन, त्यसमा गाउँपालिकाको कार्यालय रहेकाले लिम्सामा चहलपहल बढेको भए पनि चिकित्सक नहुँदा शाहीको उपचार भएन । उनी निजी औषधि पसल जान बाध्य भइन् ।

स्वास्थ्य संस्थामा औषधि र उपकरण भए पनि सञ्चालन गर्ने चिकित्सक नहुँदा शाहीजस्तै दर्जनौँ बिरामी अस्पतालको ढोकाबाटै दिनहुँ फर्कने गर्दछन् । स्वास्थ्य केन्द्रमा एक एमबिबीएस चिकित्सकको दरबन्दी छ । त्यहाँ कार्यरत मेडिकल अधिकृत डा सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदा छन् । त्यसले गर्दा छ महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा चिकित्सकविहीन भएको हो ।

चिकित्सक मात्र होइन, नौै स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याव असिस्टेन्ट पद पनि लामो समयदेखि खाली छ । आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याव सेवा सञ्चालनमा नआएको वर्षाैं भइसक्यो । बारेकोट गाउँपालिका जिल्लाको अन्य स्थानीय तहमध्ये बढी दुर्गम मानिन्छ । जुम्ला र डोल्पाको सिमाना रहेको बारेकोट गाउँपालिका साविकका चार गाविस मिलेर बनेको छ । बारेकोटबाट जाजरकोट सदरमुकाम आउन मात्र तीन दिन लाग्ने गरेको स्थानीवासी खड्क शाहीले बताए ।

उपकरण र चिकित्सकको दरबन्दी भएको स्वास्थ्य संस्था लिम्सा भएकाले यहाँ बिरामीको चाप हुने गर्छ । बिरामी बढे पनि चिकित्सक नहुँदा निराश हुनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय औषधि पसलमा उपचार गराएर हजाराैं रकम खर्च गर्न बाध्य भएको बारेकोटवासीको गुनासो छ । उनीहरुलाई उपचारका लागि निजी औषधि पसलमा जानुपर्ने बाध्यता छ ।

औषधिको मात्रा र रोगको अवस्थाका आधारमा औषधि चलाउनुपर्नेमा निजी मेडिकल (औषधी पसल) ले बिरामी छिटो निको पार्ने बहानामा कडा डोजको औषधि चलाएर सरकारी स्वास्थ्य संस्थाको औषधिले काम नगर्ने अवस्था सिर्जना भएको यहाँको जनगुनासो छ ।

स्वास्थ्य तथा सरसफाइ बारेकोट शाखाका संयोजक वीरराज सिंहले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा बसेपछि उपचार सेवा दिन समस्या भएको बताए । अध्ययन बिदामा बसेका चिकित्सकको ठाउँमा स्वास्थ्य सेवा विभागले वैकल्पिक व्यवस्था नगर्दा दुर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनुपरेको हो ।

लिम्सा स्वास्थ्य केन्द्र स्थापना भएको दुई दशक भए पनि प्रभावकारी सेवा प्रवाह नहुँदा दैनिक समस्या हुँदै आएको छ । बारेकोटवासी अहिले पनि एक्सरे, ल्याव सेवा लिनका लागि नलगाड नगरपालिकाको दल्ली र जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल र नेपालगञ्ज जाने गर्दछन् । भरपर्दो सेवा नपाउँदा यहाँका दर्जनाैं जनता अकालमै ज्यान गुमाउन बाध्य छन् । सुविधायुक्त स्वास्थ्य संस्था भएर पनि चिकित्सक नहुँदा दुर्गमका स्वास्थ्य संस्थाप्रतिको विश्वास घट्दै गएको छ । अहेवको भरमा चलेको स्वास्थ्य संस्थामा उपकरण प्रयोगमा नआउँदा समस्य हुँदै आएको छ ।

गरीबी र अशिक्षाका कारण यहाँका अधिकांश स्थानीयवासी घरमै रोग पालेर बसेको पाइन्छ । केही हप्ताअघि भएको स्वास्थ्य शिविरमा मात्र भारी मात्रामा पाठेघरमा समस्या आएका बिरामी फेला परेका थिए । पहुँचमा स्वास्थ्य संस्था नहुँदा भारी मात्रामा बिरामी भए पनि उपचार अभावमा समस्या भोग्दै आएको बारेकोटस्थित वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।

–हेमन्त केसी / रासस

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : २८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः