नेपालमा भेटियो सरिसृपको नयाँ प्रजाति– ‘बाघे माउसुली’ « Khabarhub

नेपालमा भेटियो सरिसृपको नयाँ प्रजाति– ‘बाघे माउसुली’


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपालमा नयाँ प्रजातिको सरिसृप जीव ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो ।

जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा पाइने माउसुलीमध्ये यो ११औँ प्रजाति भएको सरिसृपविज्ञ करण शाहले जानकारी दिए ।

विश्वमा ३८ प्रजाति माउसुलीका भेटिएको छ । यो माउसुली भारत, बङ्गलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुर्कमिनिस्तानमा पाइन्छ । रातिमा सक्रिय हुने र दिनभरि सुत्ने तथा अरु मासुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्नु यसको विशेषता हो । बाँकोको काम्दिपछि सुनवल, नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ करणबहादुर शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति पुष्टि गरेको हो । उक्त माउसुलीको बारेमा अमेरिकन जर्नल रेप्टाइल्स तथा अम्फिबिअन्समा सोमबार मात्र प्रकाशित भएको छ ।

हेर्दा नै आकर्षण भएकाले विदेशमा मानिसले पाल्ने गरिएको सरिसृपविज्ञ शाहले बताए । “शुरुमा रेञ्जर यमबहादुर थापाले यसको फोटो खिचेर फेसबुकमा हालेका थिए, नयाँ प्रजाति हो भनेर मैले भनेपछि उनले फेसबुकबाट हटाएँ, पछि अनुसन्धान गर्दा नेपालकै नयाँ प्रजाति पुष्टि भयो”, शाहले भने ।

यसले सुख्खा क्षेत्रमा बासस्थान बनाएर बस्ने गर्छ । यो प्रजातिको अन्तर्राष्ट्रिय बजारमा वैध तथा अवैध दुवै खाले व्यापार हुने गरेको बताइएको छ । नेपालको भारतसँग खुला सिमाना रहेकाले र संरक्षित क्षेत्र बाहिर भेटिएकाले अवैध व्यापार हुनसक्ने सम्भावना रहेको भन्दै संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।

अहिलेसम्म तीन ठाउँबाट पाँच मात्र भेटिएको यो प्रजातिलाई स्थानीयवासीले विषकोब्रा नामले चिन्ने तथा विषालु हुन्छ भन्ने भ्रमका कारण देख्ने बित्तिकै मार्ने गरेको अनुसन्धान टोलीले जनाएको छ । सुख्खा बासस्थान भएको चुरे क्षेत्र यो प्रजातिका लागि उपयुक्त बासस्थान रहेकाले अन्य चुरे क्षेत्रमा पनि यसको बासस्थान हुनसक्ने देखिन्छ । नदी किनारबाट गिटीबालुवा झिक्दा घाइते अवस्थामा फेला परेकाले चुरे क्षेत्रको अत्यधिक दोहनले लोप हुनसक्ने खतरा छ ।

जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मीले बताएका छन् ।

– नारायण ढुङ्गाना / रासस

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ४० बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त