‘दीपेन्द्र सरकार’ दुई च्याप्टरमा बन्ने, कस्तो बन्नेछ फिल्म ? « Khabarhub

‘दीपेन्द्र सरकार’ दुई च्याप्टरमा बन्ने, कस्तो बन्नेछ फिल्म ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको कालो पाटो नेपालीको मानसपटलमा अझै ताजा छ । हत्याकाण्डमा राजपरिवारका सबै सदस्यसहित युवराज दीपेन्द्र शाह (दरबार हत्याकाण्डपछि छोटो समयका लागि राजा घोषित) ले पनि ज्यान गुमाएका थिए ।

उनै दीपेन्द्रको जीवनीमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’ दुई भागमा बन्ने भएको छ । आशुसेन फिल्मसका तर्फबाट निर्देशक सन्तोष सेनले फिल्म दुई च्याप्टरमा बन्ने जानकारी दिएका हुन् ।

उनका अनुसार फिल्मको स्किृप्ट लेख्दै जाँदा लामो भएकाले दुई च्याप्टरमा बन्ने भएको हो । यद्यपि फिल्मको फाइनल कथा अझै तयार भएको छैन ।

‘कथाको काम अझै सकिएको छैन, सँगै हामी अर्को फिल्ममा पनि काम गरिरहेका छौँ, दीपेन्द्र सरकारको कथा दुई भागमा बन्नेछ,’ निर्माता सेनले भने, ‘पहिलो भागमा दीपेन्द्रको लभस्टोरीको पाटो हुनेछ भने अर्कोमा दरबार हत्याकाण्डसम्मको कथा हुनेछ ।’

राम्रो र विश्वसनीय बनोस् भन्ने हेतुले लामो समयदेखि फिल्मको कथामै काम भइरहेको छ भने दीपेन्द्रको जीवनीका बारेमा पनि थप अनुसन्धान भइरहेको छ । यही फिल्मका लागि लेखक टिमले दीपेन्द्रका साथीहरुलाई भेटेको समेत निर्माता सेनले बताए । ‘फिल्ममा कहीँकतै लिबर्टी त अपनाउनुपर्ने हुन्छ, तर फिल्म हेर्दा दर्शकलाई पनि न्याय होस् भनेर हामीले बढी मेहनत गरेका छौँ ’, सेनले भने ।

यो फिल्म विवेक शाहको पुस्तक ‘मैले देखेको पुस्तक’ माथि आधारित हुनेछ । आशुसेन फिल्मस् ब्यानरले फिल्म बनाउन पुस्तकको राइटस् लिइसकेको जनाएको छ भने युवराज दीपेन्द्र शाह (दरबार हत्याकाण्डपछि राजा घोषित) को भूमिकामा अभिनेता प्रदीप खड्का पहिले नै तय भएका थिए ।

निर्माता सेनले पछि फिल्म बनिसकेपछि कुनै अड्चन नआओस् भनेर समय लगाएर स्तरीय फिल्म बनाउन लागेको बताए । साथै उनले उक्त फिल्ममा निर्देशक र अन्य कलाकार छनोट नभइसकेको पनि खबरहबलाई जानकारी दिए ।

यद्यपि यो फिल्म निर्माण गर्ने भन्दै गतवर्ष जेठ १४ गते औपचारिक घोषणा गरिएको थियो । उक्त घोषणामा ०७५ को जेठ १९ गते रिलिज गरिने भनिएको थियो । बीचमा केही कुरामा विवाद आएपछि फिल्म निर्माणका लागि थप समय लगाइने भएको हो । फिल्ममा साढे ५ करोडभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

विकास बोर्ड भन्छ – फिल्म दर्ता छैन

यो फिल्म दुई वर्षअघि नै बन्ने भनिए पनि विकास बोर्डमा भने दर्ता भएको छैन । संवेदनशील विषय भएको भन्दै विकास बोर्डले दर्ता गर्न मानेको थिएन । स्रोतका अनुसार विकास बोडी शाही परिवारको सिफारिस मागेको थियो । विकास बोर्डका हरिकृष्ण रखौलाले ‘दीपेन्द्र सरकार’ नामको फिल्म विकास बोर्डमा अझै दर्ता नभएको पुष्टि गरे । ‘यो नामको कुनै फिल्म दर्ता भएको छैन, पहिले पनि प्रकिया नपुगेर दर्ता नभएको हुन सक्छ ।’, उनले भने ।

निर्माता सन्तोष सेनले भने फिल्म बन्न समय लागे पनि यो फिल्म पक्का बन्ने बताएका छन् । दरबार हत्याकाण्डलाई समेत उठाएकाले दर्शकले फिल्मलाई चासोका साथ हेरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ५८ बजे

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब

दलहरूप्रति सरकारको नियत सही छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलप्रति सरकारको नियत

प्रधानमन्त्री कार्कीको दाबी : ३५ वर्षमा गिराइएको प्रहरीको मनोबल उठाउँदै छौँ, अब एक्सनमा जान्छ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले देशभरको सुरक्षा संयन्त्रलाई मजबुत बनाउने

सिमरा विमानस्थलमा तोडफोड र हिंसाबारे प्रधानमन्त्री: यस्तो अराजकता कदापि स्वीकार्न सकिँदैन

काठमाडौं- नेकपा एमालेका नेताहरूलाई रोक्ने नाममा बाराको सिमरा विमानस्थलमा बुधबार