‘दीपेन्द्र सरकार’ दुई च्याप्टरमा बन्ने, कस्तो बन्नेछ फिल्म ? « Khabarhub

‘दीपेन्द्र सरकार’ दुई च्याप्टरमा बन्ने, कस्तो बन्नेछ फिल्म ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको कालो पाटो नेपालीको मानसपटलमा अझै ताजा छ । हत्याकाण्डमा राजपरिवारका सबै सदस्यसहित युवराज दीपेन्द्र शाह (दरबार हत्याकाण्डपछि छोटो समयका लागि राजा घोषित) ले पनि ज्यान गुमाएका थिए ।

उनै दीपेन्द्रको जीवनीमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’ दुई भागमा बन्ने भएको छ । आशुसेन फिल्मसका तर्फबाट निर्देशक सन्तोष सेनले फिल्म दुई च्याप्टरमा बन्ने जानकारी दिएका हुन् ।

उनका अनुसार फिल्मको स्किृप्ट लेख्दै जाँदा लामो भएकाले दुई च्याप्टरमा बन्ने भएको हो । यद्यपि फिल्मको फाइनल कथा अझै तयार भएको छैन ।

‘कथाको काम अझै सकिएको छैन, सँगै हामी अर्को फिल्ममा पनि काम गरिरहेका छौँ, दीपेन्द्र सरकारको कथा दुई भागमा बन्नेछ,’ निर्माता सेनले भने, ‘पहिलो भागमा दीपेन्द्रको लभस्टोरीको पाटो हुनेछ भने अर्कोमा दरबार हत्याकाण्डसम्मको कथा हुनेछ ।’

राम्रो र विश्वसनीय बनोस् भन्ने हेतुले लामो समयदेखि फिल्मको कथामै काम भइरहेको छ भने दीपेन्द्रको जीवनीका बारेमा पनि थप अनुसन्धान भइरहेको छ । यही फिल्मका लागि लेखक टिमले दीपेन्द्रका साथीहरुलाई भेटेको समेत निर्माता सेनले बताए । ‘फिल्ममा कहीँकतै लिबर्टी त अपनाउनुपर्ने हुन्छ, तर फिल्म हेर्दा दर्शकलाई पनि न्याय होस् भनेर हामीले बढी मेहनत गरेका छौँ ’, सेनले भने ।

यो फिल्म विवेक शाहको पुस्तक ‘मैले देखेको पुस्तक’ माथि आधारित हुनेछ । आशुसेन फिल्मस् ब्यानरले फिल्म बनाउन पुस्तकको राइटस् लिइसकेको जनाएको छ भने युवराज दीपेन्द्र शाह (दरबार हत्याकाण्डपछि राजा घोषित) को भूमिकामा अभिनेता प्रदीप खड्का पहिले नै तय भएका थिए ।

निर्माता सेनले पछि फिल्म बनिसकेपछि कुनै अड्चन नआओस् भनेर समय लगाएर स्तरीय फिल्म बनाउन लागेको बताए । साथै उनले उक्त फिल्ममा निर्देशक र अन्य कलाकार छनोट नभइसकेको पनि खबरहबलाई जानकारी दिए ।

यद्यपि यो फिल्म निर्माण गर्ने भन्दै गतवर्ष जेठ १४ गते औपचारिक घोषणा गरिएको थियो । उक्त घोषणामा ०७५ को जेठ १९ गते रिलिज गरिने भनिएको थियो । बीचमा केही कुरामा विवाद आएपछि फिल्म निर्माणका लागि थप समय लगाइने भएको हो । फिल्ममा साढे ५ करोडभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

विकास बोर्ड भन्छ – फिल्म दर्ता छैन

यो फिल्म दुई वर्षअघि नै बन्ने भनिए पनि विकास बोर्डमा भने दर्ता भएको छैन । संवेदनशील विषय भएको भन्दै विकास बोर्डले दर्ता गर्न मानेको थिएन । स्रोतका अनुसार विकास बोडी शाही परिवारको सिफारिस मागेको थियो । विकास बोर्डका हरिकृष्ण रखौलाले ‘दीपेन्द्र सरकार’ नामको फिल्म विकास बोर्डमा अझै दर्ता नभएको पुष्टि गरे । ‘यो नामको कुनै फिल्म दर्ता भएको छैन, पहिले पनि प्रकिया नपुगेर दर्ता नभएको हुन सक्छ ।’, उनले भने ।

निर्माता सन्तोष सेनले भने फिल्म बन्न समय लागे पनि यो फिल्म पक्का बन्ने बताएका छन् । दरबार हत्याकाण्डलाई समेत उठाएकाले दर्शकले फिल्मलाई चासोका साथ हेरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ५८ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित