नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईको पहिलो प्राथमिकतामा 'बक्स अफिस' | Khabarhub Khabarhub

नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईको पहिलो प्राथमिकतामा ‘बक्स अफिस’


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले आफ्नो पहिलो प्राथमिकतामा बक्स अफिस रहेको बताएका छन् । उनले बुधवार पदभार ग्रहणपछि खबरहबसँगको छोटो कुराकानीमा यस्तो बताएका हुन् ।

‘धेरै लामो समयपछि प्राप्त गरेको बक्स अफिसलाई मैले पहिलो प्राथमिकतामा राखेको छु, यो मेरो मात्र एजेन्डा होइन, सबैको साझा एजेन्डा हो,’ अध्यक्ष केशव भट्टराईले भने, ‘काठमाडौंमा लञ्च भएको केही समय भयो, माघपछि काठमाडौंबाहिर पनि बक्स अफिस लागू गर्ने भनिएको थियो, अझै सुचारु भएको छैन, यो मेरो पहिलो प्राथमिकतामा छ ।’

निवर्तमान अध्यक्ष निकिता पौडेलले विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले निर्माता भट्टराईलाई बिहीबार अध्यक्षमा नियुक्त गरेको हो ।

पदभारपछि उनले आफू चलचित्र क्षेत्रको विकासका लागि लागिपर्ने जनाए । उनले चलचित्रकर्मीको आफूप्रति ठूलो भरोसा रहेको र त्यो भरोसा कुनै पनि हालतमा नतोड्ने दावी गरे ।

नवनियुक्त अध्यक्ष भट्टराईलाई फिल्मकर्मीले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १२ : ५६ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ