नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईको पहिलो प्राथमिकतामा ‘बक्स अफिस’ « Khabarhub

नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईको पहिलो प्राथमिकतामा ‘बक्स अफिस’


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले आफ्नो पहिलो प्राथमिकतामा बक्स अफिस रहेको बताएका छन् । उनले बुधवार पदभार ग्रहणपछि खबरहबसँगको छोटो कुराकानीमा यस्तो बताएका हुन् ।

‘धेरै लामो समयपछि प्राप्त गरेको बक्स अफिसलाई मैले पहिलो प्राथमिकतामा राखेको छु, यो मेरो मात्र एजेन्डा होइन, सबैको साझा एजेन्डा हो,’ अध्यक्ष केशव भट्टराईले भने, ‘काठमाडौंमा लञ्च भएको केही समय भयो, माघपछि काठमाडौंबाहिर पनि बक्स अफिस लागू गर्ने भनिएको थियो, अझै सुचारु भएको छैन, यो मेरो पहिलो प्राथमिकतामा छ ।’

निवर्तमान अध्यक्ष निकिता पौडेलले विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले निर्माता भट्टराईलाई बिहीबार अध्यक्षमा नियुक्त गरेको हो ।

पदभारपछि उनले आफू चलचित्र क्षेत्रको विकासका लागि लागिपर्ने जनाए । उनले चलचित्रकर्मीको आफूप्रति ठूलो भरोसा रहेको र त्यो भरोसा कुनै पनि हालतमा नतोड्ने दावी गरे ।

नवनियुक्त अध्यक्ष भट्टराईलाई फिल्मकर्मीले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १२ : ५६ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक