दिल्ली र चेन्नेईको भिडन्त आज, कहाँ होला सन्दीपको स्थान? « Khabarhub

दिल्ली र चेन्नेईको भिडन्त आज, कहाँ होला सन्दीपको स्थान?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली आज (मंगलबार) चेन्र्नइ सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा राति ८ बजे शुुरु हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन्।

चेन्नईले आईपीएलको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ६ विकेटले घरेलु मैदानमा हराएको थियो । आईपीएलको सबैभन्दा सफल चेन्नईविरुद्ध मैदान उत्रिदा दिल्लीले आफ्नो दोस्रो जितसँगै यो सिजनमा दिल्ली‘नयाँ दिल्ली’ रहेको पनि पुष्टि गर्नु पर्ने चुनौति छ ।

दिल्लीले मुम्बईविरुद्धको रणनीति अपनाएर मैदान उत्रिदा उसका लागि सहज हुने देखिएको छ । दिल्लीका लागि पहिलो खेलमा रिसभ पन्तको अविजित ७८ रनको पारी अहिलेसम्म चर्चामा छ । ब्याटिङ अर्डरलाई ध्यान दिएर दिल्लीले आफ्नो टिम बनाएको छ । जसमा तीव्र गतिका बलर र ब्याटिङमा पनि अव्वल खेलाडीहरु थिए ।

प्रशिक्षक रिकि पोन्टिङको उक्त निर्णय सही सावित भएसँगै आजको खेलमा पनि दिल्लीले पहिलो प्लेइङ ११ लाई मैदान उतार्ने सम्भावना बलियो छ । पहिलो खेलमा दिल्लीले स्पिनरलाई मैदान बाहिरै राख्यो । जसमध्ये दिल्लीका अनुभवी स्पिनर अमित मिश्रा र सन्दीप लामिछानेको बढी चर्चा भयो ।

त्यसो त, दिल्लीको मुम्बईविरुद्धको प्लेइङ ११ हेरिसकेपछि आईपीएलका कमेन्टेटरले समेत सरप्राइज भनेका थिए । दुवै स्पिनरलाई मैदान बाहिर राखेको दिल्लीले आजको खेलमा यी दुईमध्ये एकलाई मैदान उतार्ने सम्भावना छ ।

दिल्लीसँग सन्दीपसँगै अनुभवी भारतीय स्पिनर अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल छन् । यी मध्ये दिल्लीले मुम्बईविरुद्धको खेलमा स्पिन अलराउन्डर अक्सर पटेल र राहुल तेवाटीयालाई मैदान उतारेको थियो ।

जसमा अक्सर पटेल महंगा सावित भएका थिए । जसमा उनले ३ ओभर बलिङ गर्दै ४२ रन खर्चेर एक विकेट लिएका थिए भने ब्याटिङमा पनि मात्रै ४ रन जोडेका थिए । यता राहुल तेवाटियाले १.२ ओभर बलिङ गर्दै १२ रन दिएर एक विकेट लिएका थिए भने राहुलले पनि ब्याटिङमा ९ रन मात्रै बनाए ।

पहिलो खेलमा यी दुई खेलाडीलाई मैदान उत्रारेको दिल्लीले आजको खेलमा स्पिनरमा केही परिवर्तन ल्याउने सम्भावना देखिए पनि टिमले जीतेका कारण आजको खेलमा खेलाडी परिवर्तन हुनेमा अधिकाशंले शंका व्यक्त गरेका छन् ।

पहिलो खेल जितेको दिल्ली पराजित हुने मनशायमा छैन् । तर, उसले आफुसँग उपलब्ध खेलाडीहरुमा राम्रो टिम बनाउने प्रयास भने पक्कै गर्नेछ । त्यस्तै, सन्दीपका लागि अघिल्लो सिजनमा कोट्ला मैदानमा देखाएको प्रदर्शनले पनि प्लस पोइन्ट हुनसक्छ । जहाँ उनले तीन खेल खेल्दै ५ विकेट लिएका थिए ।

दिल्लीले सन्दीपको अस्ट्रेलियाको विग वास लिगदेखि पाकिस्तान सुपर लिग हुँदै अन्य थुप्रै प्रतियोगिताहरुमा आफुलाई अव्वल सावित गरिसकेका छन् ।
नेपाली आम क्रिकेट प्रशंसक दिल्लीको पहिलो प्लेइङ ११ पछि आक्रोसित पनि बनेका थिए । तर, चेन्नईविरुद्ध स्पिनरले स्थान पाए सन्दीप मैदान उत्रिने सम्भावना बलियो देखिन्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ४७ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत