उमेरले ७ दशक पार गरिसकेका कम्युनिस्ट नेता हुन् मोहन वैद्य । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरुसमेत रहेका वैद्य पछिल्लो समय एक्लिँदै गएका छन् ।
शान्तिपूर्ण राजनीतिमा आएपछि सबैभन्दा ठूलो पार्टीका महत्त्वपूर्ण नेता रहेका वैद्यलाई यतिवेला धेरै पुराना साथीहरुले छोडेका छन् ।
प्रचण्डबाट छुट्टिदा सँगै आएका बादल, देव गुरुङ, पम्फा भुसाल पुन प्रचण्डसँगै पुग्दा विप्वलले पनि वैद्यलाई छोडे ।
आफूलाई राजनीतिक गुरु मान्ने प्रचण्ड, वादलहरु यतिवेला सत्ताको बागडोर सम्हालि रहेका छन् । तर वैद्य भने आफ्ना चेलाहरुले हाँकिरहेको सरकार कम्युनिष्ट सरकार नभएको बताउँछन् ।
खबरहबसँगको कुराकानीमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव वैद्यले आफूसँगै लामो सहयात्रा गरेका साथीहरुको अहिलेको व्यवहार आफूलाई निकै विचित्र लागेको बताए ।
प्रस्तुत छ नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश–
कम्युनिस्टको सरकार भएको बेलामा जनतामा निराशा छाएको छ ? जनतालाई राहत दिन र नागरिकका समस्या समाधान गर्न सरकार सफल हुन नसेको अवस्थामा नेपालमा कम्युनिस्टको भविष्य माथि प्रश्न खडा भएको हो ?
यहाँले राख्नुभएको कुरा ठिक हो । नाम कम्युनिस्टको छ । कम्युनिस्टहरु केही पनि गर्न सक्दैनन् भन्नेहरुका लागि एउटा मौका मिलेको छ । अर्को कुरा अहिले सरकार चलाएकाहरु कम्युनिष्ट नै होइनन् । राजनीतिक रुपले हेर्ने हो भने नेपाली कांग्रेस र ओली सरकारकाबीचमा के फरक पर्यो र ! खासै फरक छैन । तर यिनीहरुले कम्युनिस्टहरुले देश र जनताको हितमा केही गर्न सक्दैनन् भनेर कम्युनिस्ट विरोधीहरुलाई निसाफकारीहरुको निमित्त मौका दिए ।
तर यिनीहरु कम्युनिस्ट होइनन् भन्दै विस्तारै नांगिदै गइरहेका छन् । यिनीहरु कम्युनिस्ट होइनन् भनेर भण्डाफोर गर्ने त हामी मात्र पर्ने भइयो एक प्रकारले । किनभने कंग्रेसीहरुले त यो सरकारलाई कम्युनिष्ट नै हो भनिरहेका छन् । साचो अर्थमा हेर्दा कम्युनिस्टलाई बदनाम गर्ने षडयन्त्र जस्तो लागिरहेको छ यो । यिनीहरुले वास्तविक कम्युनिस्टलाई नराम्रो सावित गर्न बहुमुल्य मौका दिए । यसमा हामी गम्भीर बन्नुपर्छ ।
तपाईंले अहिलेको सरकार कम्युनिस्ट सरकार होइन भन्नु भएको छ तर विपक्षीले र आम जनाताले त यसलाई कम्युनिस्टको सरकार नै भनेर बुझेका छन् …
बुझ्नेहरुले यी कम्युनिस्ट होइनन् संसदवादी शक्ति नै हुन् भन्ने बुझेका छन् । त्यो पाटो पनि छ । सर्वसाधरणले भन्ने कुरा एउटा भयो । कम्युनिस्ट बारे पनि मानिसहरुले अलिअलि त बुझेका छन् नि ! त्यो पाटो पनि छ । यसको निम्ति अब हामी अलि सतर्क हुनुपर्छ ।
अब तपाईहरुको भूमिका के त ?
हाम्रो भूमिका यो शक्ति कम्युनिस्ट होइन भन्ने कुरा गछ्य अनुसार जनतामाझ लैजानु हो । र हामी प्रयास गरिरहेका छौँ । दोस्रो कुरा यो जटिल अवस्थामा राष्ट्रियता, स्वाधिनता जस्ता विषयहरुलाई उठाएर फेरि हामी समीक्षा गर्दै अगाडि बढ्ने छौँ । देश र जनताको मुक्तिको निम्ति समिक्षा गर्दै अगाडी बढ्न जरुरी छ ।
विप्लवको कुरा गर्दा उहाँहरुलाई प्रतिबन्ध लगाउनुपर्ने कुनै जरुरी छैन । उहाँहरुले जेजस्तो विषय उठाएपनि आखिर राजनीतिक विषय नै उठाउनु भएको छ । त्यसकारण त्यो एउटा राजनीतिक समस्या हो । राजनीतिक ढंगले हल गर्नुपर्ने हुन्छ । यातना र दमनबाट त्यो हल हुनेवाला छैन
देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न विगत भन्दा झन गम्भीर भइसकेको छ । यो प्रश्नमा सरकार पनि अत्यन्तै शिथिल छ । केही मतलव गर्दैन । त्यसकारणले यो विषयलाई अब कसरी उठाउने सच्चा देशभक्तहरु, जनतावादीहरु र सच्चा वामपन्थीहरुलाई कसरी प्रबन्ध गर्ने भन्ने बारेमा हामीले धेरै मेहनत गर्नुपर्छ । त्यसबारेमा हामीले सोचिरहेका छौँ र मिहेनत गर्छौं।
विप्लवमाथि सरकारले प्रतिवन्ध लगायो, सिके राउतसँग सहमति गर्यो । यो घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?
यो घटनाक्रमले पनि यिनीहरु कम्युनिस्ट होइनन् भन्ने कुराको सानो सबुत पेश गरेको छ । विप्लवको कुरा गर्दा उहाँहरुलाई प्रतिबन्ध लगाउनुपर्ने कुनै जरुरी छैन । उहाँहरुले जेजस्तो विषय उठाएपनि आखिर राजनीतिक विषय नै उठाउनु भएको छ । त्यसकारण त्यो एउटा राजनीतिक समस्या हो । राजनीतिक ढंगले हल गर्नुपर्ने हुन्छ । यातना र दमनबाट त्यो हल हुनेवाला छैन । वार्ताको प्रक्रियामा जानुपर्ने हुन्छ । त्यो हामीले पनि भन्दै आइरहेका छौँ ।
अर्को विचित्र कुरा के छ भने नेकपा विरोधीको कुरा गर्दाखेरि २०२८ सालपछिको मालेलाई के–के भनिन्थ्यो पछि ०५२ सालपछिको माओवादीलाई के–के भनिन्थ्यो । हिजो त्यो भनाइको विरोध हिजोको मालेले कसरी गथ्र्यो ? त्यस्तै ०५२ सालपछिको सरकारी पक्षले विरोध गर्दाखेरि माओवादी केन्द्र र त्यी नेताहरुले केके गर्नुहुन्थ्यो ? अहिले त्यही पुनरावृत्ति भएको छ । अपराधीक क्रियाकलाप, चन्दा असुली, लुटलाट, अराजकतावादी गतिविधिहरु ठ्याकै एउटै भयो । हिजो जनयुद्धको बेलामा सरकारले प्रयोग गर्ने तिनै शब्द अहिले विप्लवले पनि त्यही प्रयोग गरेको छ । त्यसैले यिनीहरु कम्युनिस्ट होइन रहेछन् भन्ने त देखियो नि । एकदम नितान्त गलत हो ।
अर्को कुरा यो शक्ति हेर्नुस् सरकारवाला शक्ति जुन कम्युनिस्ट बनिराखेको छ विचित्र छ । समाजवाद भनेर भ्रम दिइ राखेको छ । समाजवाद त कांग्रेसले पनि भनेको छ । तर कांग्रेसले भनेकोमा त्यति विश्वास मान्दैनन् जनताले । तर कम्युनिस्टले भनेकोमा साच्चि कै समाजवादी हुन् कि भन्छन् । यो समाजवाद पनि के हो भन्दा फासीवादी पार्टीहरुले पनि राष्ट्रिय समाजवादी पार्टी भन्थे आफूहरुलाई । यो लक्षण के देखिन्छ भने ठ्याक्कै फासीवादतर्फ उद्द्यत जस्तो ।
कम्युनिस्ट कम्युनिस्ट हौं भन्ने बीचको भीडन्त देखियो । गैर कम्युनिस्टलाई त मजै …..
होला हेर्नुस्, गैरकम्युनिस्ट भन्नेहरुले पनि केही कुरा त बुझ्छन् होला नि । एउटा त कम्युनिस्टले कम्युनिस्टलाई यसो गर्छ भन्दा यो त धेरै खत्तम भएछ, एकदम विचलन भएछ, एकदम पतनकै दिशामा गएछ भन्नेपनि बुझ्छन् मान्छेले हेर्नुस् । हिजो त्यस्ता कुरा गर्ने अनि आज आफैंमाथि त्यस्तो कुरा आउँदा यसरी बोल्न मिल्छ ?
उही पुरानैका जस्तै शब्दहरु दोहोर्याउने आपराधिक गतिविधि भन्ने भएपछि यिनीहरुको शाख त सकियो । पोलिटिक्स एउटा आदर्श हो । तर, अब पोलिटिक्स आदर्श भएन । सरकारमा जानको निम्ति जे गरेपनि हुन्छ भन्ने देखियो ।
एकातिरबाट यस्तो देखियो भने अर्को तिरबाट नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेर लगाएर मात्र त भएन नी । भयो भन्नुहोस् त ? व्यवहारमा पनि आउनु पर्यो नि । त्यस्तो छैन । भन्दाखेरि एक हिसावमा अब अलिकति जटिल स्थिति पैदा भएको छ । त्यो केहो भने मानिसहरु त उदाउँदै गइरहेका छन् । यही जटिलताबीच राम्रो अवस्था आउने हो । चुनौतीका बीचबाट सम्भावनाका ढोकाहरु खुल्ने हुन् ।
एउटा कम्युनिस्ट सरकार भएको बेलामा अर्को कम्युनिस्टलाई नै दुस्मन देख्ने जुन अवस्था बनेको छ यसमा अन्य कुनै पक्षको भूमिका देख्नु भएको छ ? वाह्य शक्ति वा अरु कुनै शक्तिको ?
तागत र नियत भन्दा पनि उहाँहरुले जुन राजनीतिक बाटो तय गर्नुभयो संसदीय व्यवस्था, त्यसमा यस्तै हुन्छ । यो लोकतन्त्र भनिएपनि भन्नको लागिमात्र लोकतन्त्र हो । यो व्यवस्था स्वीकार गरेपछि जे भन्नुपर्थ्यो त्यही भन्नुभयो । त्यसैले यसलाई कसैले उकास्यो नभनु । यो नियती हो । उहाँहरुको जुन एउटा राजनीति हो त्यो राजनीतिमा त्यसै गर्नुपर्थ्यो ।
यो सत्ताको खतराको घन्टी बजिरहेको छ । ओलीजीहरु एकदम दम्भ गर्नुहुन्छ । दुई तिहाइको । त्यो दुई तिहाइ भत्काउनका निम्ति त अरुकेही गर्नु पर्दैन । उहाँहरुको आफ्नै पार्टीलाई यही रुपमा राख्नुभयो भने योे सत्ता आफैं भत्कन्छ
तपाईंहरु क्रान्तिका कुरा गर्दै आउनु भएको छ । अब देश यथास्थितीमा रहँदैन, यो पद्दती रहँदैन, अर्को क्रान्ति हुन्छ भन्ने देख्नुहुन्छ ?
यथास्थितिमा देश रहन सक्दैन हेर्नुस् । रुपान्तरण परिवर्तन क्रान्ति त आवश्यक छ । त्यसको निमित्त आत्मगत परिस्थिति आवश्यक पर्छ । रुपान्तरणका लागि आत्मगत परिस्थिति बनाउनुपर्ने आवश्यकता छ । र एउटा के हो भने रुपान्तरणकारी फोर्सलाई एक ठाउँ ल्याउन जरुरी छ । रुपान्तरणकारी फोर्स भन्नाले कम्युनिस्ट मात्र भनेको होइन । क्रान्तिकारी कम्युनिस्ट, देशभक्त र सच्चा जनतन्त्रवादीहरु एक ठाउँमा आउनु जरुरी हुन्छ । त्यो नगरि सुखै छैन । त्यसपछि परिवर्तन हुन्छ ।
सरकारका पछिल्ला गतिविधिका कारण कतिपयले नेकपा नेतृत्वको सरकारे आयु मै प्रश्न उठाउन थालेका छन् , यसलाई तपाईं कसरी लिनुहुन्छ ?
यो सत्ताको खतराको घन्टी बजिरहेको छ । ओलीजीहरु एकदम दम्भ गर्नुहुन्छ । दुई तिहाइको । त्यो दुई तिहाइ भत्काउनका निम्ति त अरुकेही गर्नु पर्दैन । उहाँहरुको आफ्नै पार्टीलाई यही रुपमा राख्नुभयो भने योे सत्ता आफैं भत्कन्छ । आफ्नै कारणले भत्कन्छ । यसलाई भत्काउनका लागि अरुको प्रयत्नको आवश्यकता नै पर्दैन । त्यसकारण धेरै दम्भ गरिराख्नुपर्छ भन्ने छैन ।
देशभक्त परिवर्तकारीहरुको एकता आवश्यक छ भन्ने गर्नुभएको छ, तर एउटै आदर्शमा हिँडेका प्रगतिशित,परिवर्तनकामीको विभाजन किन भइरहेको छ ? किन एकठाउँमा उभिन नसक्नुभएको ?
यो राजनीति हो । अलिकता कमिकमजोरीहरु सबैका होलान् । तर के हो भने यसरी अब चल्दैन । क्रान्तिकारीहरु एक ठाउँमा आउनुको विकल्प छैन ।
सबैले क्रान्तिकारीहरु एक ठाउँ आउनुको विकल्प छैन पनि भन्ने र एक ठाउँ पनि नआउे अवस्था छ, त्यसको निम्ति पहल नभएको हो ?
हामीले पहल गरिरहेका छौं । तर हामी सफल हुन सकिरहेका छैनौं । तर पनि हाम्रो प्रयास जारी रहन्छ हेर्नुस् । हामी निरन्तर त्यो पहल गरिरहेका छौं । आज नभए भोलि हुन्छ । भोलि नभए पर्सिहुन्छ । यो गोलबन्द गर्ने कुरामा हाम्रो पहल निरन्तर हुन्छ । सच्चा कम्युनिस्ट क्रान्तिकारीलाई पनि गोलबन्द गर्ने, देशभक्तलाई पनि गोलबन्द गर्ने दिशामा हामी जान्छौं ।
तपाईंहरुसँग सँगै सहकार्य गरेका प्रचण्ड, बादलहरुसँग वा सरकार सञ्चालन गरिरहेका केपी ओलीजीहरुसँग कुनै विषयमा छलफल हुन्छ कि हुँदैन ?
अहिले त भएको छैन । अब कुनै कुनै बेलामा भेट भएको बेलामा गफ हुने गरेको छ । अहिलेको स्थिति र अवस्थाका बारेमा भने अहिले केही भएको छैन ।
लामो राजनीतिक द्वन्द्व, विभिन्न आन्दोलन पछि एक खालको परिवर्तन देशमा भएको छ तर पनि जनताले आशा गरे अनुसार भएको छैन । अब राजनीति प्रति नै जनताको वितृष्णा बढ्दै गएको छ । यसका कारण प्रतिगमनको खतरा त छैन ?
पश्चगमन हुनसक्छ । तर हुनुपर्छ भन्ने छैन । अहिलेको स्थितिमा संसद बेघरको हल त अहिले होला जस्तो लाग्दैन । तर राजनीति हो यसै भन्न सकिन्न । अग्रगमनको सम्भावनालाई नकार्न सकिन्न । त्यो स्थितिमा जान धेरै मिहेनत गर्नुपर्छ अहिले ।
विचित्र अनुभव यस्तो हुँदो रहिछ कि सँगसँगै बसेका साथीहरु प्रचण्डजी, वादलजीहरु हिजो त्यत्रो राष्ट्रिय स्वाधिनताको कुरा गर्नुहुन्थ्यो । जनताको कुरा गर्नुहुन्थ्यो, मुक्ति र त्यागको कुरा गर्नुहुन्थ्यो । अहिले अब यस्तो रुपमा जानुभयो । हेर्दा अचम्म लाग्छ
तपाईंहरु आफ्ना दस्तावेजहरुमा प्रधानशत्रुहरुबारे उल्लेख गर्नुहुन्छ । तपाईंलाई के लाग्छ नेपालको हित हुन नदिने त्यस्तो कुनै आन्तरिक वा वाह्य शक्ति तपाईंको भाषामा भन्दा प्रधान शत्रु कोही छ ?
आन्तरिक रुपमा भन्नुहुन्छ भने प्रधानशत्रु कुनै व्यक्तिलाई भन्दा पनि वर्गलाई भन्छौं हामी । नेपालमा दलाल पूँजीपतिवर्ग, नोकरशाह पूँजीपति वर्ग, र सामन्तवर्ग । अहिले यो वर्ग ढलेको छैन । यो छदैं छ । अब सत्तामा अर्को को बसेको छ भन्ने पनि आउँछ । त्यही शक्तिको संरक्षण सत्तामा बस्नेले गरिरहेको छ भन्ने पनि आउँछ । कम्युनिस्टहले त्यही शक्तिको संरक्षण गरेका छन् अहिले । रक्षाकवच कम्युनिस्ट भइदियो अहिले । आन्तरिक स्थिति यही हो अहिले । वाह्यरुपमा भन्दा खेरि साम्राज्यवादी उत्पीडन पनि हुँदै आएको हो, विस्तारवादी उत्पीडन पनि हुँदै आएको हो । हामीले साम्राज्यवाद विरुद्ध संघर्ष गर्ने हो । देशको कुरा आउँदा भारतको पनि विरोध गर्छौ तर भारतीय जनतालाई त मित्र नै भन्छौं नि । त्यहाँको शासक वर्ग विरुद्ध हो हाम्रो विषय । सबै सोलोडोलो हाम्रा दुश्मन हुन् हामी भन्दैनौं । त्यहाँका शासक चाँहि शत्रु हुन् ।
तपाईंसँगै राजनीति गरेका अर्को अर्थमा भन्नुपर्दा तपाईंका चेलाहरु राजपाठ सम्हालि रहेका छन् तर देशको परिस्थिति जहाँको तही छ कस्तो महशुस गर्नुहुन्छ ?
ठिक हो तपाईंले भनेको । आखिर कुरा के हो भने देशको एउटा भविष्य नेपाल नेपालीत्व, स्वाधिनता धेरै महत्त्वपूर्ण हो । कम्युनिस्ट भन्ने शक्ति सरकारमा जाँदा केही पनि नगर्ने । देशमाथि खतरा आइलाग्दा केही पनि नगर्ने अथवा उल्टो उल्टो भूमिका खेल्ने ? यो सबै देख्दा म बडो विचित्र अनुभव गर्छु ।
विचित्र अनुभव यस्तो हुँदो रहिछ कि सँगसँगै बसेका साथीहरु प्रचण्डजी, वादलजीहरु हिजो त्यत्रो राष्ट्रिय स्वाधिनताको कुरा गर्नुहुन्थ्यो । जनताको कुरा गर्नुहुन्थ्यो, मुक्ति र त्यागको कुरा गर्नुहुन्थ्यो । अहिले अब यस्तो रुपमा जानुभयो । हेर्दा अचम्म लाग्छ । तर अब जस्तो सुकै भएपनि देशलाई यो अवस्थाबाट पार पाउनका लागि हामीले शक्ति सञ्चय गर्दै रुपान्तरणको निमित्त अगाडि बढ्नुपर्छ ।
म फेरि निराशावादी मानिस होइन । म मा एउटा क्रान्तिकारी आशावाद छ । हामीले सक्छौं । नेपाललाई स्वाधिन बनाउन पनि सक्छौं । नेपाली जनतालाई मुक्ति दिलाउन पनि सक्छौं भन्ने मलाई विश्वास छ । त्यही विश्वासलाई आधार बनाएर हामी अगाडि बढ्नुपर्छ । क्रान्ति सम्भव छ । नेपालमा हामीले भनेजस्तै वैज्ञानिक समाजवादको भविष्य उज्जवल छ ।
सरकारको काम कारवाहीलाई कसरी हेर्नु भएको छ ?
कसैले भनेको नटर्ने । यही परिबन्धको कुरा आउँदा पनि कांगे्रससँग सोध्नु पनि छैन । आफ्नै पाटीका नेताहरुसँग पनि सोध्नु छैन । नेताहरुले त भनेनि हामीलाई थाहै छैन भनेर । एक्लै निर्णय गर्छन् । राजनीतिक समस्याको समाधान वार्ताबाट हल गर्नुपर्छ भन्ने कुरा पनि छैन । भनेपछि फासीवादतिर उद्द्यत भएको घटनाक्रम देखिरहेका छौँ । अर्कातिर राष्ट्रिय स्वाधीनताका रक्षाको प्रश्नमा विलकुलै केही गरेको छैन ।
उही पुरानैका जस्तै शब्दहरु दोहोर्याउने आपराधिक गतिविधि भन्ने भएपछि यिनीहरुको शाख त सकियो । पोलिटिक्स एउटा आदर्श हो । तर, अब पोलिटिक्स आदर्श भएन । सरकारमा जानको निम्ति जे गरेपनि हुन्छ भन्ने देखियो
कालापानीको नक्सा परिवर्तन हुँदै छ भने तर त्यो खासै परिवर्तन भएको छैन । राष्ट्रिय स्वाधीनताको रक्षाका प्रश्नमा सरकार गइरहेको छैन । साथै आन्दोलनहरुका विरुद्धमा सरकार गइरहेको छ । विप्लव पक्षप्रति त्यति कडा भएर त्यसरी प्रतिबन्धित भएर जानुपर्ने अवस्था होइन । त्यो स्तरमा उठेको आन्दोलन पनि होइन । यिनीहरुले दूरदर्शीतापूर्ण राजनीति गर्न सकिरहेका छैनन् । यो सरकार ठिक ढंगले गइराखेको छैन नै भन्ने बुझिन्छ ।
सत्तारुढ दलले जनताको आशा अनुसार काम नगरेको भन्दै मानिसहरुले आलोचना गरिरहेका छन् , तर प्रतिपक्षीको रुपमा कांग्रेसले पनि राम्रो भूमिका खेल्न सकेको छैन, यसलाई कसरी हेर्नुहुन्छ ?
कांग्रेस ट्रेडिसनल संसदवादी फोर्स हो । आफूलाई एकदम लोकतन्त्रको मसिहा ठान्ने शक्ति । त्यो रमिते जस्तो छ । न रुपान्तरण हुन्छ न केही । हामीले लोकतन्त्र बचाउनुपर्छ । संविधान ल्याउन हामीले नै महत्वपूर्ण भूमिका खेलेको हो भनेर थुप्रै कुरा गर्छन् । तर उनीहरुको त्यस्तो हिम्मत पनि छैन । उनीहरु यथास्थितिमा फसिरहेका छन् । वीपीको नाम जप्ने, वीपीले यस्तो गर्नुभयो भन्छन् तर अरु गर्न पटक्कै सक्दैनन् ।
देशभक्त भन्ने शक्तिको अवस्था पनि उस्तै छ । हरेक पक्षभित्र राम्रा पनि होलान् तर अलि देशभक्तिको बढी नारा लगाउनेहरुको छाँटकाँट पनि त्यति राम्रो देखिँदैन । त्यसकारण जनतामा राजनीति प्रति वितृष्ठा हुने यस्तै यस्तै कुराले हो । तर यसलाई चिर्नुपर्छ । यसलाई नचिरि हुँदैन । नेपालमा दुःख नगरिकन रुपान्तरण होस् भन्ने चाहना पनि मानिसहरुमा हुने गरेको छ । तर त्यसो त हुँदैन । फेरि दुःख गर्ने अवसर मा परिस्थितिमा आएका छौं । फेरि मिहेनत गर्नुपर्छ । क्रान्ति गर्नुपर्छ, त्यो सम्भव छ ।
प्रतिक्रिया