महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम « Khabarhub

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ मिचेर बनाइएका संरचना हटाउन सडक डिभिजन मकवानपुरले जारी गर्‍यो १५ दिने अल्टिमेटम 

सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । 

शुक्रबार प्रकाशित सूचनामा हेटौँडा उप–महानगरपालिकाको रातोमाटे–बुद्धचोक–राप्ति पुल तथा बुद्धचोक–सामरी पुल बीचको क्षेत्रमा सडक मिचेर पक्की तथा अस्थाई संरचना खडा गरिएको छ । 

यस क्षेत्रका संरचना हटाउन विगतमा पनि पटक–पटक सूचना निकालिएको थियो । तर डिभिजनको सूचनालाई नमान्दै संरचना धनीले क्ष्ँतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सोबारे २०७८ पुस १९ र २०८० असार १० गते परेका रिट सर्वोच्च अदालतले खारेज गरिसकेको छ । अदालतले नै अनधिकृत ठहर गरिसक्दा पनि ४ वर्षसम्म संरचना नहटाएपछि डिभिजनले पुनः १५ दिने अल्टिमेटमसहित जग्गा खाली गर्न अनुरोध गरेको हो । 

निर्धारित समयसम्म नहटाइएमा डिभिजनले बल प्रयोग गरी हटाउने र खर्च समेत असुलउपर गरिने चेतावनी दिइएको छ। 

सार्वजनिक सडक ऐन २०३१ अनुरूप दायाँ बायाँ २५-२५ मिटर सडक सीमा तोकिएको उल्लेख गर्दै स्वीकृति बिना सडक मिचेर संरचना निर्माण गर्न ऐनले नै प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका