कसले ‘दुम्सी’ भन्यो सलिनमानलाई ? « Khabarhub

कसले ‘दुम्सी’ भन्यो सलिनमानलाई ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सलिनमान ती अभिनेता होलान्, जो एउटै फिल्मबाट पनि चर्चामा छन् । बल्ल उनको दोस्रो फिल्म रिलिज हुँदैछ । तर चर्चा भने उनको अन्य स्थापित युवास्टारको जत्तिकै हुन्छ ।

सोमबार काठमाडौंमा फिल्म ‘यात्रा’ को ट्रेलर रिलिज कार्यक्रम थियो । कार्यक्रममा निर्देशक सम्राट शाक्य फिल्मका मुख्य कलाकारहरु, निर्माता, बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराईसँगै सलिनमान बनियाँको पनि उपस्थित थियो ।

कार्यक्रममा उनी खासै बोलेनन् । शायद बोल्न पनि चाहेका थिएनन् । उनी खासै बोल्ने अभिनेतामा पनि पर्दैनन् ।

सोमबारको कार्यक्रममा भने निर्देशक सम्राट शाक्यले सलिनमानलाई केही फ्यानले दुम्सी भन्ने गरेको खुलाए । उनले यसो भन्दा कार्यक्रममा उपस्थित पत्रकार तथा कलाकारको पनि हाँसो रोकिएन ।

सलिनमानले भने यसबारेमा केही जवाफ फर्काएनन् । तर निर्देशक सम्राट शाक्यले सुनाए, ‘सलिनलाई केहीले युट्युबमा ‘दुम्सी’ भनेर गाली गरेको पाएँ, केही दिनअघि हामी कलेजमा पुगेका थियौँऽ सलिनमानका फ्यानहरु पनि निकै धेरै रहेछन् ।’

उनले यसो भन्दा सलिनमान मुसुमुसु हाँसे तर केही बोलेनन् । केहीले भने सलिनमानको कपालको स्टाइलको कारण कसैले दुम्सी भने होला भनेर अड्कल काटे ।

त्यसो त सलिनमानका लागि यो दोस्रो फिल्म हो । फिल्ममा सलिनमानले सक्दो मेहनत गरेको र फिल्मलाई अझै स्तरीय बनाउन खोजेको बताउँछन् ।

फिल्म युनिटले रिलिज गरेको रिमेक गीत ‘चट्ट रुमाल क्या मालुम’ दर्शकले मन नपराएपछि दर्शकको सलिनमानलाई समेत गाली गरेका थिए ।
ट्रेलर रिलिजपछि भने सलिनमानको अभिनयको फ्यानले तारिफ गरेका छन् । यो फिल्म चैत २९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ३ : १२ बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको