किशोरी बलात्कारको आरोपमा पक्राउ « Khabarhub

किशोरी बलात्कारको आरोपमा पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार परियार घर बनाउने काममा केही समयदेखि काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा बस्दै आएका थिए ।  गत शनिबार राति १ बजे ती किशोरीलाई फोन गरी भेट्न बोलाएर जबरर्जस्ती गर्दा स्थानीयवासीले थाहा पाएपछि परियार भागेको पीडित परिवारद्वारा गत आइतबार काभ्रेपलाञ्चोक प्रहरीमा दर्ता किटानी जाहेरीमा उल्लेख गरिएको थियो ।

पक्राउ परेका युवकको सोमबार नै म्याद थप गरी घटनाको अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । मङ्गलबारनै पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ । मुलुकी संहितामा आरोपितलाई जबरर्जस्ती करणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

काभे्रपलाञ्चोक प्रहरीले यही चैत ३ गते मण्डनदेउपुर नगरपालिका–७ कोदारीटोलकी एक १४ वर्षकी किशोरीको सामूहिक बलात्कारमा संलग्न चारजना युवकलाई पनि पक्राउ गरी जबरर्जस्ती करणी कसुरमा मुद्दा चलाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ४ : ४५ बजे

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

कमलामाई (सिन्धुली)- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत