तेल बोक्ने ट्याङ्ककरमा गाँजा तस्करी गर्ने लोप्चन १ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

तेल बोक्ने ट्याङ्ककरमा गाँजा तस्करी गर्ने लोप्चन १ वर्षपछि पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाख १ गते काठमाडौंको झ्याप्लेखोलामा तेलको ट्याङ्करबाट बरामद भएको १ सय ६० किलो गाँजा तस्करी गर्ने व्यक्ति झन्डै १ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–८ का मिनबहादुर लोप्चन भनिने मेलबहादुर लोप्चन छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले गत वैशाख १ गते काठमाडौंमा तेल झारेर भारततर्फ गइरहेको तेल बोक्ने ट्याङ्करबाट १ सय ६० किलो गाँजाको चिप्पडसहित २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका २ जनामध्ये लोप्चन प्रहरीलाई झुक्याएर भाग्न सफल भएका थिए । प्रहरीलाई झुक्याएर भागेका लोप्चनलाई झन्डै १ वर्षपछि मकवानपुर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ११ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने