कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता « Khabarhub

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहत मिलेको छ।

दुई गम्भीर प्रकृतिका अपराधसम्बन्धी अभियोगबाट जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति लामिछाने लगायतलाई राहत दिएको हो ।

रुपन्देही जिल्ला अदालतमा चलाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएसँगै रविलाई सबैभन्दा ठूलो राहत भएको छ। यसअघि त्यहीँको अदालको आदेशबाट उनी जेल पुगेका थिए ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश सोमबार दिएको हो।

रुपन्देही जिल्ला अदालतको यस आदेशसँगै रवि लगायतका आरपितहरूले सहकारी पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटोसमेत अब खुलेको छ।

अदालतले रविसहित यस मुद्दामा तानिएका उनका साझेदार हाल फरार रहेका जीबी राई र जेलमा रहेका कुमार रम्तेल लगायतविरुद्धलाई पनि राहत दिएको छ। उनीहरूविरुद्ध चलेका सहकारी ठगी बाहेकका अरू अभियोग फिर्ता गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आउँदै गर्दा रविलाई एकपछि अर्को अदालतले राहत दिन थालेका छन् । यसले उनलाई पार्टीको नेतृत्वमा कायम रहँदै राज्यको उच्च तहमा पुग्ने बाटो पनि क्रमश: खोलिदिन थालेको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : २२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी