सबै प्रदेशको सन्तुलित बजेट ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

सबै प्रदेशको सन्तुलित बजेट ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने पनि बताए । उनले मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुसँग सिंहदरबारमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन नसकिएको स्वीकार गर्दै आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनु भएको नेकपाका नेता एवम् रुकुम क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले जानकारी दिए । उनले आफूहरुले मुलुकको समृद्धिमा कर्णालीले दिन सक्ने योगदानका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको पनि बताए ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न, एक उद्योगको अनिवार्य स्थापना गर्न, तारा तालदेखि रारा तालहुँदै मान सरोवर तालसम्मलाई पर्यटकीय आधार रुट बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद नवराज रावतले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशमा एउटा जलविद्युत आयोजना निर्माण गर्न, केन्द्रीय विद्युत प्रशारण लाइनको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुलाई कर्णालीको विकासका लागि आवश्यक ठोस योजना बनाएर तत्काल ल्याउन पनि निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : १८ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण