गोरखा दरबारको पुनःनिर्माण छिटो सक्न निर्देशन « Khabarhub

गोरखा दरबारको पुनःनिर्माण छिटो सक्न निर्देशन


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा-प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन्। आज (शुक्रबार) गोरखा दरबारको निरीक्षण गर्दै सभामुख महराले पुनःनिर्माणको कार्य सुस्त गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गरे । उनले यो काममा कुनै पनि ढिलासुस्ती नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन पनि दिए ।

ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्तिपनि नविग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण संवर्दन र प्रवर्दनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सवैको चिन्ता र चासो हुनुपर्ने उनले बताए। गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सवै लागि पर्नुपर्ने उनको भनाई छ । यसैवीच सभामुख महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गर्नुभई पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा सबै लागि पर्नुपर्ने बताए।

अवलोकन कार्यक्रममा सभामुख महराका साथ प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, प्रतिनिधि सभा सदस्य हरीराज अधिकारी, संविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गोरखा दरबार, गोरखा संग्रहालयका कर्मचारीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : १६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा