तराईं–मधेसमा वितरण गरिएका ३४ हजार नागरिकता प्रचलनमा नल्याउन सर्वोच्चको आदेश « Khabarhub

तराईं–मधेसमा वितरण गरिएका ३४ हजार नागरिकता प्रचलनमा नल्याउन सर्वोच्चको आदेश


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले तराईं–मधेस लगायत जिल्लामा कानून विपरित वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

२०५४ सालमा कानून विपरित नागरिकता वितरण भएको भन्दै ती नागरिकता खारेज गरिनुपर्ने मागसहित परेको रिटमाथि सुनुवाई गर्दै प्रधान्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले यस्तो आदेश जारी गरेको हो ।

अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले २०५४ सालमा कानून विपरित वितरण गरिएका ३४ हजार नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिइन लागिएको भन्दै ती नागरिकता खारेजको मागदाबी गर्दै वैशाख ३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाईमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशले ती नागरिकता खारेज नगर्नुको कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

शुक्रबार प्रधान्यायाधीश राणा र न्यायाधीश भण्डारीको इजलाशले कानून विपरित वितरण गरिएका नागरिकता प्रचलनमा नल्याउन तथा त्यस्ता नागकिता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १ : ३३ बजे

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल