गरिबीले थिचिएको जिन्दगीमा रोगको भारी, दुवै मिर्गौला फेल भएपछि के गरी बाँच्नु ? « Khabarhub

गरिबीले थिचिएको जिन्दगीमा रोगको भारी, दुवै मिर्गौला फेल भएपछि के गरी बाँच्नु ?


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दिवानसिं र सीता नेपालीको वैवाहिक सम्बन्ध जोडिएको आज १२ वर्ष भयो । विवाहपश्चात् दुःख गरेर उनीहरुले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बामेखोला गाउँमा चार कठ्ठा जग्गाको पनि जोहो गरे । विगतको दुःखको परिणामलाई सुखमा परिणत गर्ने दम्पती नेपालीको सपना थियो ।

२ वर्ष साउदी अरब गएर ३ महीनाअघि घरबिदामा आएका दिवानसिं पुनः फर्कने दिनको तयारी गर्दै थिए । त्यही समयमा उनलाई रिङ्गटा चल्यो । उपचारका लागि घर नजिकैको राना मेडिकलमा परीक्षण गराए । केही नदेखिएपछि प्रदेश अस्पतालमा परीक्षण गराउनुभएका दिवानसिंलाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डम्बर खड्काले दुवै मिर्गौला खराब भएको छ भन्ने खबर सुनाएपछि उनी झन बेचैन बने ।

पछि भक्तपुर अस्पतालमा जाँच गरेपछि भने नेपालीलाई दुवै मिर्गौला बिग्रिएकोे पक्का भयो । ‘डाइलोसिसको विकल्प नभएको डाक्टरहरुले सुझाए,’ उनले भने, ‘जीवन चट्टानमा बजारिए जस्तो लाग्यो । तब गरुङ्गो मन लिएर घर फर्के ।’

विदेश जानेहरुको पीडाबारे बताउँदै उनले भने, ‘खाडी मुलुकमा पुग्नेहरु धेरैले रोग उपहार लिएर आउँछन् । कतिले ज्यान फालेर फर्कछन् । आखिर त्यहीँ घानभित्र म पनि परेको छु । अहिलेसम्म छ पटक डाइलोसिस गरिसकेको छु । हप्तामा दुईपटक डाइलासिस गर्नुपर्दछ । सरकारले डाइलोसिसको पैसा सहयोग गर्दा केही राहत भएको छ ।’

उनको दुरावास्थाले श्रीमती सीता नेपाली पीडामा छन् । आफूसहित एउटा १० र अर्को ७ वर्षको छोरा खाउँखाउँ र लाउलाउँ भन्ने उमेरमै पतिको यस्तो अवस्थाले उहाँलाई न निन्द्रा लाग्छ नत भोक नै ।

उनान्तीस वर्षकी सीताले आफ्नो एउटा मिर्गौला दिएर भए पनि पतिलाई बचाउने जोड गरिरहेकी छन् । यसमा दिवानसिं  भने सहमत छैनन् । आफू नरहेपनि सीताले २ छोराको पालनपोषण गरुन् भन्ने उनको इच्छा । दुवै जनाको कमजोर स्वास्थ्य स्थितिले बालबच्चा अलपत्र नपरुन् भनेर सीताको मिर्गौला नलिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  २ : १२ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा