मुख्यमन्त्रीले राहत कोषको रकम दुरुपयोग गरेको सिके राउतको आरोप « Khabarhub

मुख्यमन्त्रीले राहत कोषको रकम दुरुपयोग गरेको सिके राउतको आरोप


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई नम्बर प्रदेशका बारा र पर्सामा अघिल्लो महिना आइको हावाहुरी प्रभावितलाई प्रदान गर्नुपर्ने रकम दुरुपयोग भएको आरोप लागेको छ ।

पीडितलाई दिनुपर्ने राहत कोषको चरम दुरुपयोग भन्दै जनमत पार्टी गठन गरेका सिके राउतले आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा राहतको कोषको दुरुपयोग भएको भन्दै राउतले राहत कोषको जथाभावी रुपमा वितरण गरेको आरोप उनले लगाएका हुन् ।

राउतका अनुसार राहतकोषको रकम रामभरोस कापडीलाई मैथिली नाटक महोत्सव गर्नका लागि ५ लाख, कुशिन बुदो काई कराँते संघलाई ५ लाख, शिन क्योकुसन कराँते संघलाई ४ लाख, युनाइटेड क्रिकेट क्लब वीरगञ्जलाई ४ लाख, धनुषाको लक्ष्मीनियाँ यज्ञका लागि ५ लाख र ज्येष्ठ नागरिक सम्मेलनका लागि भन्दै ३ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

त्यस्तै मैथिली विकास कोष जीवनाथ चौधरीलाई १० लाख, ३ सर्लाहीको कडेना धार्मिक कार्यक्रमका लागि १ लाख, हिन्दी सम्मेलनका लागि राजेश्वर नेपालीलाई ५ लाख, ३ जनकपुरधाममै जेसिसको राष्ट्रिय सम्मेलनमा ५ लाख, जनकपुरधाममा शहीद कप क्रिकेट प्रतियोगिताका लागि ७ लाख, ६ जना राज्यमन्त्रीको आवास व्यवस्थापनका लागि ४–४ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् । राउतले रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सवका लागि समेत १ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राउतले मुख्यमन्त्री राहत कोष २ नम्बर प्रदेशको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता निर्देशिका २०७५ को प्रावधान विपरीत व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरी कोषको चरम दुरुपयोग गरेको आरोप राउतको आरोप छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ४ : २१ बजे

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल