युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन नेता खनालको आग्रह « Khabarhub

युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन नेता खनालको आग्रह


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ नेता खनालले युवाहरुको परिचालनबाट उद्योगको विकास गरेर मात्रै विश्वमा देखिएको गरिवी र अभावको अन्त्य गर्न सकिने पनि स्पष्ट पारे ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘विश्व युवा उद्यमी शिखर सम्मेलन’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले गरिवी, अभाव र युवा बेरोजगार अहिले पनि विश्वकै चुनौतिको रुपमा उल्लेख गर्दै सो समस्या समाधानका लागि युवाहरुलाई उद्यमी बनाउनुको विकल्प नरहेको पनि बताए ।

वरिष्ठ नेता खनालले नेपालमा बेरोजगार युवाहरु, महिलाहरु, पीछडिएका समुदायहरुलाई अघि बढाउने गरी संविधान बनाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार लागि परेको दावी गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरिवी अन्त्य गर्न र निरक्षरताको अन्त्य गरेर समृद्धिको अभियानलाई सफल बनाउन युवाहरु उद्यमशील हुनुपर्नेमा जोड दिए ।

उनले सम्मेलनले युवाहरुलाई उद्यमी बनाएर राष्ट्रहरुलाई समृद्धितर्फ अग्रसर गराउन आवश्यक नीति तय गर्ने विश्वास व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका युवा उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : ४४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन