पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण « Khabarhub

पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा कार्यरत प्राविधिकले सामूहिक राजीनामा दिएको घटनाप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्राविधिकले उठाएका अतिरिक्त सेवा सुविधालगायतका माग गत भदौदेखि लागू हुने गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इञ्जिनीयर्स एशोसियनका पदाधिकारीलाई जानकारी गराइसकेको उल्लेख छ ।

“सामूहिक राजीनामा दिएको घोषणाबाट पुनःनिर्माण र भूकम्पपीडित जनताको संवेदनशीलताप्रति प्राविधिकको नियतमाथि प्रश्न उठाएको छ”, विज्ञप्तिमा भनिएको छ । प्राधिकरणले तत्काल पुनःनिर्माणको कार्यमा जुट्न सबै प्राविधिकलाई निर्देशन पनि दिएको छ ।

सहप्रवक्ता मनोहर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुनःनिर्माणको अभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइए कडा कदम चाल्न प्राधिकरण बाध्य हुने उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : १० बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा