सामसुङको हालसम्मकै ठूलो डिस्प्ले भएको स्मार्टफोन नेपाली बजारमा  | Khabarhub Khabarhub

सामसुङको हालसम्मकै ठूलो डिस्प्ले भएको स्मार्टफोन नेपाली बजारमा 


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामसुङ कम्पनीले अहिलेसम्मकै सवैभन्दा ठूलो डिस्प्ले भएको स्मार्ट फोन ‘सामासुङ ग्यालेक्सी ए–७०’ नेपाली बजारमा ल्याएको छ ।‘ग्यालेक्सी ए–७०’ मा ६.७ इन्चको फूल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले राखिएको छ ।

ठूलो डिस्प्ले भएका कारण कलर रिप्रडक्सन, भ्यूइङ एंगल, डिटेलिङका भएकाले फोन फिल्म तथा भिडियो हेर्न प्रयोगकर्ताका लागि निकै उपयुक्त हुने कम्पनीको दाबी छ । फोनको अगाडिको भागमा डिस्प्लेको सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास–३ को प्रोटेक्सन छ । मोबाइलको पछाडिपट्टिको भागमा ग्लास फिनिसङियुक्त पोलिकार्बोनेट बडी राखिएको छ ।

फोनको तलको भागमा ५ एमएम ज्याक, युएसबी टाइप सी पोर्ट, माइक्रोफोन र स्पिकर क्रमशः दिइएको छ । मोबाइलमा एउटा अर्को खाश विशेषता यसको दायाँ साइडमा २ सिमकार्ड तथा एउटा मेमोरी कार्ड लाग्ने सिमस्लट राखिएको छ । मोबाइलको स्पिकरको आवाज निकै ठूलो भएपनि साउन्डको विषयमा प्रयोगकर्ताबाट कुनै गुनासो नआउने कम्पनीको दाबी छ ।

मोबाइलको पछाडिपट्टि तीनवटा रेयर क्यामेरा राखिएका छन्, जसमा २३ मेगापिक्सेलको एफ १ दशमलव ७ अपार्चर, ५ मेगा प्रिक्सेलको एफ २ दशमलव २ अपार्चरयुक्त डेप्थ सेन्सर र एक २ दशमलव २ अपार्चरयुक्त ८ मेगा पिक्सेलका अल्ट्रा वाइड एंगल क्यामेरा राखिएको छ ।

मोबाइलको अगाडि एफ टू प्वाइन्ट अपार्चयरयुक्त ३२ मेगा पिक्सलको सेल्पी क्यामेरा रहेको छ । जसले कल स्याचुरेसन र डिटेलिङसहित आकर्षक सेल्फी फोटो खिच्न सकिने कम्पनीको दाबी छ । मोबाइलमा ११ नानोमिटर अक्टाकोर प्रोसेसरयुक्त क्लवालकम स्नापड्रागन ६७५ शक्तिशाली प्रोसेसरले फोनको प्रयोगमा कनै कमी हुन नदिने कम्पनीको दाबी छ ।

मोबाइलमा ६ जिबीको  र्याम छ भने १ सय २८ जिबीको इन्टरनल मेमोरीकार्ड पनि राख्न मिल्छ । फोनको सुरक्षाका लागि फेस अनलक र डिस्प्लेभित्र फिंगरप्रिन्ट स्क्यानरको व्यवस्था छ । फोनको मूल्य नेपाली बजारमा ४७ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : ०४ बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ