‘म्याट’ पीचमा क्रिकेट खेल्नुपर्ने बाध्यता ! « Khabarhub

‘म्याट’ पीचमा क्रिकेट खेल्नुपर्ने बाध्यता !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल गराउँदै मैदानको उद्घाटन गरिएको छ । योजना अनुसार पूर्वाधार नबन्दा मैदानमा म्याट बिछ्याएर खेल खेलाउनुपर्ने अवस्था सिर्जना भएको छ । यो प्रतियोगिता मुलपानी क्रिकेट मैदानमै गराउनु आफ्नो प्रतिष्ठा ठानेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वले मैदानमा ‘म्याट’ ओछ्याएरै भएपनि प्रतिबद्धता पूरा गरेको छ । तर, यस कामले खेलको विकासमा कस्तो प्रभावपर्छ बहसको विषय बन्ने छ।

मुलपानी क्रिकेट मैदानमै प्रतियोगिता गराउने भन्दै ३ पटक प्रतियोगिताको मिति सारिएको थियो । जेठ १ गते मैदानकै कारण देखाउँदै ८ गतेलाई सारिएको प्रतियोगिताको उद्घाटन १० गते त भयो । तर, मुलपानी क्रिकेट मैदानमा होइन, कीर्तिपुर क्रिकेट मैदानमा । कारण थियो मुलपानी क्रिकेट मैदानको पीच तथा अन्य पूर्वाधार नबन्नु ।

तर, राखेप नेतृत्वले पूर्वाधारको विषयलाई गौणमा राखी प्रतियोगिताको केही खेल मूलपानीमै गराएको छ । रमाइलो त यो छ मजबुद पीचमा खेल्नुपर्ने क्रिकेटलाई राखेपले म्याट विछ्याएर प्रतिस्पर्धा गराएको छ। खेलाडीका लागि मैदान अभाव समस्या थियो । प्रतिस्पर्धामै उत्रिँदा म्याटको पीचमा खेल्नु कति चुनौतीपूर्ण हुन्छ । प्रतियोगिता सकिएपछि खेलाडीले भन्नेछन् ।

प्रधानमन्त्री कप अन्तर्गत आज (आइतबार) नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेल मुलपानीमा जारी छ । आजसम्म पनि पीच पूर्ण रुपमा बन्न नक्दा म्याट विछ्याएर नै राखेपले विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेलाउँदै छ।

क्रिकेट खेलाडीका लागि सबभन्दा महत्वपूर्ण पूर्वाधार भित्र पर्ने पीच नै नबेको मैदानमा खेलाउन राखेपलाई के कुराको दबाब पर्यो भन्ने पनि आम क्रिकेट प्रशंसककले आलोचना गरिरहेका छन् ।

राखेपले भने कमजोर पीचमा खेलाउनुपर्ने ढाकछोप गर्दै समयमै खेल सक्न र मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न भएको सन्देश दिन प्रतियोगिताका केही खेल खेलाइएको दाबी गरेको छ । राखेपका सदस्यसचिव केशवकुमार बिष्टले मुलपानीमा खेल खेलाएर अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान खेल्न योग्य भएको सन्देश दिन चाहेको बताए । विष्टले जसरी पनि मूलपानी क्रिकेट मैदान सञ्चालनमा ल्याएर आफूले काम गरेको जस लिने प्रयास गरेको क्रिकेट प्रेमीको आलोचना छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : २७ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत