‘रातो टीका निधारमा’ फ्लोरमा, कलाकार सजिए टीका र जमरामा | Khabarhub Khabarhub

‘रातो टीका निधारमा’ फ्लोरमा, कलाकार सजिए टीका र जमरामा


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – दशैँको मौका पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रातो टीका निधारमा’ को छायांकन थालिएको छ । निर्माण टिमले झापा अर्जुनधारा जलेश्वर धामको दशैँ विशेष गीतमार्फत छायांकन थालेको हो ।

निर्देशक अशोक शर्माका अनुसार यो गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अकिंत शर्माको शीर्ष भमिका रहनेछ । छायांकन स्थलबाट बाहिरिएका केही तस्वीरमा कलाकारलाई रातो टीका र जमरा लगाएको देख्न सकिन्छ ।

यो फिल्म दशैँमा रिलिज गर्दा सुहाउने गरी तयार पारिने बताइएको छ । गतवर्ष ‘जय भोले’ निर्देशन गरेका अशोक शर्माले एक वर्षअघि नै यो फिल्म २०७६ को दशैँमा रिलिज हुने बताएका थिए ।

केही दिनअघि मात्र फिल्मको औपचारिक घोषणा गरिएको थियो । यही फिल्मबाट निर्देशक शर्माका छोरा अंकित शर्माले नेपाली फिल्ममा डेब्यु गर्दैछन् । उनले विदेशमा अभिनय पढेर आएपछि फिल्ममा डेब्यु गर्न लागेका हुन् ।

दशैँ विशेष गीत तयार पार्नका लागि झापामा भव्य सेट तयार पारिएको छ । गीतलाई स्तरीय बनाउने लागिपरेको निर्माण टिम बताउँछ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरिरहेका छन् ।

यो चलचित्रमा अंकित र साम्राज्ञीका अलावा नीता ढुंगाना, बुद्धि तामाङ, खुश्बु खड्का, रविन्द्र झा, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । चलचित्र फ्लोरमा नजाँदै दर्शकमाझ प्रतीक्षित बनेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : ५२ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।