‘रातो टीका निधारमा’ फ्लोरमा, कलाकार सजिए टीका र जमरामा « Khabarhub

‘रातो टीका निधारमा’ फ्लोरमा, कलाकार सजिए टीका र जमरामा


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – दशैँको मौका पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रातो टीका निधारमा’ को छायांकन थालिएको छ । निर्माण टिमले झापा अर्जुनधारा जलेश्वर धामको दशैँ विशेष गीतमार्फत छायांकन थालेको हो ।

निर्देशक अशोक शर्माका अनुसार यो गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अकिंत शर्माको शीर्ष भमिका रहनेछ । छायांकन स्थलबाट बाहिरिएका केही तस्वीरमा कलाकारलाई रातो टीका र जमरा लगाएको देख्न सकिन्छ ।

यो फिल्म दशैँमा रिलिज गर्दा सुहाउने गरी तयार पारिने बताइएको छ । गतवर्ष ‘जय भोले’ निर्देशन गरेका अशोक शर्माले एक वर्षअघि नै यो फिल्म २०७६ को दशैँमा रिलिज हुने बताएका थिए ।

केही दिनअघि मात्र फिल्मको औपचारिक घोषणा गरिएको थियो । यही फिल्मबाट निर्देशक शर्माका छोरा अंकित शर्माले नेपाली फिल्ममा डेब्यु गर्दैछन् । उनले विदेशमा अभिनय पढेर आएपछि फिल्ममा डेब्यु गर्न लागेका हुन् ।

दशैँ विशेष गीत तयार पार्नका लागि झापामा भव्य सेट तयार पारिएको छ । गीतलाई स्तरीय बनाउने लागिपरेको निर्माण टिम बताउँछ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरिरहेका छन् ।

यो चलचित्रमा अंकित र साम्राज्ञीका अलावा नीता ढुंगाना, बुद्धि तामाङ, खुश्बु खड्का, रविन्द्र झा, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । चलचित्र फ्लोरमा नजाँदै दर्शकमाझ प्रतीक्षित बनेको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ११ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया