भारतमा गाईको मासुले निम्त्याएको लफडा ! | Khabarhub Khabarhub

भारतमा गाईको मासुले निम्त्याएको लफडा !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत मध्य प्रदेशको सिवानी जिल्लाको एक गाउँमा गोरक्षक(गाई रक्षक)ले एक महिलासमेत तीन जनालाई निर्घात कुटपिट गरेका छन् । जसले गर्दा त्यस क्षेत्रमा ठूलै हलचल ल्याएको छ ।

सिवानी जिल्ला डुंगा सिवानी थानाका प्रहरीका अनुसार ४ दिन पहिला विहान बघेलमा चार पाँच साथिका साथ तीन मानिसलाई मासु लैजादै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाई गोरक्षक समूहका सदस्यले पहिला निर्घात कुटपिट गरेका थिए र पछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले मासु लैजादै गरेका तीन व्यक्तिलाई नियन्त्रणमा लियो र उनीहरु विरुद्ध केस दर्ता गर्दै अदातमा पेश गरेको थियो ।

सिवानी चौकिका प्रहरी अधिकारी गोपाल खंडेलका अनुसार दिलीप मालवीय , अन्जुम तरा तोसिफ खान विरुद्ध अवैध रुपमा गाइको मासु ओसारपसार गरेको आरोपमा केस दर्ता गरिएको छ ।

उनीहरुलाई मध्य प्रदेशको गोवंश नियमका आधारमा गिरफ्तार गरिएको र हिरासतमा राखिएपछि अदालतमा पेश गरिएको थियो । अदालतले उनीहरुलाई जेल पठाउने फैसला गरेको थियो ।

उनीहरुका एक साथी शकील अहिले पनि फरार छन् । मासुको नमूना जाँचका लागि हैदराबादस्थित ल्यावमा पठाइएको उनले जानकारी दिए ।

तर पक्राउ परेर अहिले जेलमारहेका हरुको परिवारजनले भने आफ्ना परिवारका सदस्यहरुलाई फसाउन खोजेको आरोप लगाएका छन् ।
उनीहरुले आफ्ना मान्छेलाई फसाउन खोजेको र कुटपीट गरेको भन्दै गोरक्षकविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

मारपीटका मुख्य अभियुक्त शुम बघलकी आमा आशा बघल आफ्नो छोरामाथि लागेको आरोप अस्वीकार गर्छिन् । उनले यो घटनामा प्रहरी मासु तस्करहरुसँग मिलेको उनको आरोप छ । विहान मासु सहित तस्करहरुलाई नियन्त्रणमा लिइएको थियो तर प्रहरीले पैसा लिएर उनीहरुलाई भगाएको छ र नियन्त्रणमा लिन सहयोग गर्नेलाई उल्टै दुःख दिइएको छ ।

सिवानीका अतिरिक्त प्रहरी अधिकारी गोपाल खंडेलले बीबीसीलाई बताए अनुसार सिवानी जिल्लामा हरेक महिना आठ देखि १० ट्रक गाई पक्राउ हुने गरेको छ । जसलाई मध्य प्रदेशको धेरै जिल्लाबाट ल्याएर गोवंश सिवानीको बाँटो हुँदै महाराष्ट्रको नागपुर र अन्य जिल्ला पठाइने गरिएको छ ।

पछिल्लो केही समय देखि भारतमा गाईको मासुका कारण हिंसाका घटना हुने गरेका छन् । हिन्दू अतिवादी र गोरक्षकहरुले गाईको मासु बेचबिखन गरेको भन्दै केही मुस्लिमहरुलाई आक्रमण गरेका छन् भने कतिपयले गोरक्षकको नाममा केही व्यक्तिले नै पैसाका लागि गाईको मासु बिक्रीवितरण गरिरहेको आरोप लागेको छ । यो प्रकरणमा प्रहरीको समेत संलग्नता हुने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : ०५ बजे

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी

बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिएको छ । बैंकबाट कर्जा