भारतमा गाईको मासुले निम्त्याएको लफडा ! « Khabarhub

भारतमा गाईको मासुले निम्त्याएको लफडा !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत मध्य प्रदेशको सिवानी जिल्लाको एक गाउँमा गोरक्षक(गाई रक्षक)ले एक महिलासमेत तीन जनालाई निर्घात कुटपिट गरेका छन् । जसले गर्दा त्यस क्षेत्रमा ठूलै हलचल ल्याएको छ ।

सिवानी जिल्ला डुंगा सिवानी थानाका प्रहरीका अनुसार ४ दिन पहिला विहान बघेलमा चार पाँच साथिका साथ तीन मानिसलाई मासु लैजादै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाई गोरक्षक समूहका सदस्यले पहिला निर्घात कुटपिट गरेका थिए र पछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले मासु लैजादै गरेका तीन व्यक्तिलाई नियन्त्रणमा लियो र उनीहरु विरुद्ध केस दर्ता गर्दै अदातमा पेश गरेको थियो ।

सिवानी चौकिका प्रहरी अधिकारी गोपाल खंडेलका अनुसार दिलीप मालवीय , अन्जुम तरा तोसिफ खान विरुद्ध अवैध रुपमा गाइको मासु ओसारपसार गरेको आरोपमा केस दर्ता गरिएको छ ।

उनीहरुलाई मध्य प्रदेशको गोवंश नियमका आधारमा गिरफ्तार गरिएको र हिरासतमा राखिएपछि अदालतमा पेश गरिएको थियो । अदालतले उनीहरुलाई जेल पठाउने फैसला गरेको थियो ।

उनीहरुका एक साथी शकील अहिले पनि फरार छन् । मासुको नमूना जाँचका लागि हैदराबादस्थित ल्यावमा पठाइएको उनले जानकारी दिए ।

तर पक्राउ परेर अहिले जेलमारहेका हरुको परिवारजनले भने आफ्ना परिवारका सदस्यहरुलाई फसाउन खोजेको आरोप लगाएका छन् ।
उनीहरुले आफ्ना मान्छेलाई फसाउन खोजेको र कुटपीट गरेको भन्दै गोरक्षकविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

मारपीटका मुख्य अभियुक्त शुम बघलकी आमा आशा बघल आफ्नो छोरामाथि लागेको आरोप अस्वीकार गर्छिन् । उनले यो घटनामा प्रहरी मासु तस्करहरुसँग मिलेको उनको आरोप छ । विहान मासु सहित तस्करहरुलाई नियन्त्रणमा लिइएको थियो तर प्रहरीले पैसा लिएर उनीहरुलाई भगाएको छ र नियन्त्रणमा लिन सहयोग गर्नेलाई उल्टै दुःख दिइएको छ ।

सिवानीका अतिरिक्त प्रहरी अधिकारी गोपाल खंडेलले बीबीसीलाई बताए अनुसार सिवानी जिल्लामा हरेक महिना आठ देखि १० ट्रक गाई पक्राउ हुने गरेको छ । जसलाई मध्य प्रदेशको धेरै जिल्लाबाट ल्याएर गोवंश सिवानीको बाँटो हुँदै महाराष्ट्रको नागपुर र अन्य जिल्ला पठाइने गरिएको छ ।

पछिल्लो केही समय देखि भारतमा गाईको मासुका कारण हिंसाका घटना हुने गरेका छन् । हिन्दू अतिवादी र गोरक्षकहरुले गाईको मासु बेचबिखन गरेको भन्दै केही मुस्लिमहरुलाई आक्रमण गरेका छन् भने कतिपयले गोरक्षकको नाममा केही व्यक्तिले नै पैसाका लागि गाईको मासु बिक्रीवितरण गरिरहेको आरोप लागेको छ । यो प्रकरणमा प्रहरीको समेत संलग्नता हुने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : ०५ बजे

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य