सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै « Khabarhub

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य अघि बढाएको छ ।

सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसकामा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा गृह मन्त्रालयको नीतिअनुरुप नेपाल–भारत सीमामा जनशक्ति थप गर्न निर्देशन दिए । उनले सीमाजस्तो राष्ट्रिय सुरक्षाको विषयमा सबैले सचेत हुनु जरुरी रहेको बताए । 

‘सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाका विषयमा ऐक्यबद्ध भई लाग्न र गलत तथा भ्रामक सूचनालाई निरुत्साहित गर्नु हामी सबैको कर्तव्य हो’, महानिरीक्षक अर्यालले भने  ।

कैलाली र कञ्चनपुरमा सीमा क्षेत्रको सुरक्षार्थ एवं अपराध नियन्त्रणमा खटिएका सात सशस्त्र प्रहरी गुल्ममार्फत जनशक्ति थप गर्ने तयारी सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ । यहाँ जनशक्ति सीमानाकामा थप गर्ने क्रममा गुल्म र गणमार्फत सुरुआतमा १८० प्रहरी कर्मचारी थप गर्ने जनाएको छ ।

त्यसैगरी सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, लागूऔषध नियन्त्रण, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियताका साथ काम गरिरहेको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए । 

उनले केही दिनयता सीमा क्षेत्रमा २४सैँ घण्टा सशस्त्र प्रहरीले नियमित गस्ती कार्य अघि बढाएको बताए । हाल सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सशस्त्र प्रहरी बल नेपालसँग १९ हजार ६९१ जना विपद् सूचक आबद्ध रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । साथै २६५ जनालाई समुदाय विपद् स्वयंसेवकलाई तालिम समेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : ०९ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने