आलियाले क्याटरीना र दीपिकालाई यसरी पछारिन् « Khabarhub

आलियाले क्याटरीना र दीपिकालाई यसरी पछारिन्


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टले फिल्ममा आफूले निभाउने भूमिकाका कारण चर्चा कमाइरहने गर्छिन् । अहिले भने उनको अर्को कारणले पनि चर्चा भएको छ । आलियाले ‘द टाइम्स मोस्ट डिजायरेबल वूवन’ को उत्कृष्ट सूचीमा आफूलाई दर्ता गराएकी छिन् । यो लिस्टमा उनलाई सबैभन्दा सुन्दर र ग्ल्यामरस महिलाका रुपमा सामेल गरिएको छ ।

आलिया भट्टले क्याटरीना कैफ, दीपिका पादुकोण, ज्याकलिन फर्नाडीस, अदिति राव हैदरी, दिशा पटानी र श्रद्धा कपूरजस्ता नायिकालाई पछाडि पारेकी छिन् । यी सबैलाई सन् २०१८ को सबैभन्दा बढी डिजायरेबल (लोकप्रिय) महिलाको सूचीमा आफूलाई सामेल गराएकी हुन् । सन् २०१७ मा यो सूचीको उत्कृष्टमा दीपिका पादुकोणले आफ्नो नाम लेखाएकी थिइन् ।

आलियाले पहिले आफ्ना साथी र फिल्म उद्योगलाई ट्यालेन्ट मान्ने गर्थिन् । सन्् २०१८ मा जासुसी थ्रीलर फिल्म ‘राजी’ मा गरेको अभिनयले आलियाले दर्शकको मन जितेकी थिइन् । उनले कैयन् अवार्ड पनि जितिन् । आलियाले यही फिल्मबाट ‘फिल्मफेअर अवार्ड’ पनि हात पारिन् ।

‘द टाइम्स मोस्ट डिजायरेबल वुमन’ को लिस्टमा दोस्रो नम्बरमा मिनाक्षी चौधरी, तेस्रो नम्बरमा क्याटरीना कैफ छिन् भने चौथो नम्बरमा दीपिका पादुकोण छिन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको