आलियाले क्याटरीना र दीपिकालाई यसरी पछारिन् | Khabarhub Khabarhub

आलियाले क्याटरीना र दीपिकालाई यसरी पछारिन्


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टले फिल्ममा आफूले निभाउने भूमिकाका कारण चर्चा कमाइरहने गर्छिन् । अहिले भने उनको अर्को कारणले पनि चर्चा भएको छ । आलियाले ‘द टाइम्स मोस्ट डिजायरेबल वूवन’ को उत्कृष्ट सूचीमा आफूलाई दर्ता गराएकी छिन् । यो लिस्टमा उनलाई सबैभन्दा सुन्दर र ग्ल्यामरस महिलाका रुपमा सामेल गरिएको छ ।

आलिया भट्टले क्याटरीना कैफ, दीपिका पादुकोण, ज्याकलिन फर्नाडीस, अदिति राव हैदरी, दिशा पटानी र श्रद्धा कपूरजस्ता नायिकालाई पछाडि पारेकी छिन् । यी सबैलाई सन् २०१८ को सबैभन्दा बढी डिजायरेबल (लोकप्रिय) महिलाको सूचीमा आफूलाई सामेल गराएकी हुन् । सन् २०१७ मा यो सूचीको उत्कृष्टमा दीपिका पादुकोणले आफ्नो नाम लेखाएकी थिइन् ।

आलियाले पहिले आफ्ना साथी र फिल्म उद्योगलाई ट्यालेन्ट मान्ने गर्थिन् । सन्् २०१८ मा जासुसी थ्रीलर फिल्म ‘राजी’ मा गरेको अभिनयले आलियाले दर्शकको मन जितेकी थिइन् । उनले कैयन् अवार्ड पनि जितिन् । आलियाले यही फिल्मबाट ‘फिल्मफेअर अवार्ड’ पनि हात पारिन् ।

‘द टाइम्स मोस्ट डिजायरेबल वुमन’ को लिस्टमा दोस्रो नम्बरमा मिनाक्षी चौधरी, तेस्रो नम्बरमा क्याटरीना कैफ छिन् भने चौथो नम्बरमा दीपिका पादुकोण छिन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ०६ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३