उत्तर कोरियाले साना रकेट परीक्षण गर्दा म विचलित भएको छैन–ट्रम्प « Khabarhub

उत्तर कोरियाले साना रकेट परीक्षण गर्दा म विचलित भएको छैन–ट्रम्प


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणबाट आफू विचलित नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै ‘उत्तर कोरियाले केही साना रकेट प्रक्षेपण गर्दैमा’ आफू विचलित नहुने जनाएका हुन् । हाल जापान भ्रमणमा रहेका उनले ट्विटमा उत्तर कोरियाली नेता किम जोङ उनले आफूसँग गरेको बाचा कायम राख्नेमा समेत आफू विश्वस्त रहेको जनाए ।

उनले ट्विटमा उत्तर कोरियाको रकेट परिक्षणबाट आफ्ना केही मानिसहरुलाई विचलित बनाएपनि सर्वोच्च नेता किमले आफूसँग गरेको बाचा कायम राख्नेमा आफू विश्वस्त रहेको टिप्पणी गरेका छन् ।

जापान भ्रमणका क्रममा ट्रम्पले त्यहाँका प्रधानमन्त्री सिन्जो आबेसँग उत्तर कोरियाली गतिविधिबारे समेत छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही साताअघि उत्तर कोरियाले दुई रकेट परीक्षण गरेको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले शनिबार ती परिक्षणले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव उल्लङ्घन गरेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ४२ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले