उत्तर कोरियाले साना रकेट परीक्षण गर्दा म विचलित भएको छैन–ट्रम्प « Khabarhub

उत्तर कोरियाले साना रकेट परीक्षण गर्दा म विचलित भएको छैन–ट्रम्प


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणबाट आफू विचलित नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै ‘उत्तर कोरियाले केही साना रकेट प्रक्षेपण गर्दैमा’ आफू विचलित नहुने जनाएका हुन् । हाल जापान भ्रमणमा रहेका उनले ट्विटमा उत्तर कोरियाली नेता किम जोङ उनले आफूसँग गरेको बाचा कायम राख्नेमा समेत आफू विश्वस्त रहेको जनाए ।

उनले ट्विटमा उत्तर कोरियाको रकेट परिक्षणबाट आफ्ना केही मानिसहरुलाई विचलित बनाएपनि सर्वोच्च नेता किमले आफूसँग गरेको बाचा कायम राख्नेमा आफू विश्वस्त रहेको टिप्पणी गरेका छन् ।

जापान भ्रमणका क्रममा ट्रम्पले त्यहाँका प्रधानमन्त्री सिन्जो आबेसँग उत्तर कोरियाली गतिविधिबारे समेत छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही साताअघि उत्तर कोरियाले दुई रकेट परीक्षण गरेको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले शनिबार ती परिक्षणले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव उल्लङ्घन गरेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ४२ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले