आर्मीको लगातार दोस्रो जित, प्रदेश एक ११३ रनले पराजित « Khabarhub

आर्मीको लगातार दोस्रो जित, प्रदेश एक ११३ रनले पराजित


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई १ सय १३ रनले पराजित गरेको हो ।

आर्मीले दिएको २ सय ५ रनको लक्ष्य पाएको प्रदेश नम्बर २६.५ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि आर्मी फराकिलो अन्तरले विजयी भयो ।

प्रदेश नम्बर १ लाई कमजोर बनाउन आर्मीका बलर सुसान भारीले किफायती बलिङ गरे । उनले प्रदेश नम्बर १ का ३ विकेट लिएका थिए । त्यस्तै, आमीले दिएको २सय५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर १ का लागि राजन मगरले २६ रन बनाए भने मुकुन्द यादवले १८ रन बनाएका थिए भने अन्य ब्याट्सम्यान चल्न नसक्दा आर्मीलाई खेल सुम्पियो ।

प्रदेश नम्बर १ विरुद्ध भारीले ३ विकेट लिँदा करण केसीले २ र जितेन्द्र मुखीया, हरि बहादुर चौहान र साहब आलमले समान एक–एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारीत ५० ओभर पुरा खेल्दै सबै विकेट गुमाएर २सय४ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामि मगरले अर्धशतक पुरा गरेका थिए । उनले ५६ रन बनाए । यस्तै, हरि बहादुर चौहानले ४६ रन, कप्तान विानेद भण्डारीले ३० रन बनाउँदा करण केसीले २६ रन बनाएका थिए ।

आर्मीविरुद्ध प्रदेश नम्बर १ का दिपेश कडेलले ३ विकेट लिए भने फिर्दोस अन्सारी, सिदान्त लोहनी र मुकुन्द यादवले समान २–२ विकेट लिएका थिए । पुस्प थापाले एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै आमीले अंक तालिकामा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ३ : २८ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा