‘च्याम्पियन्स लिग जिते एक हप्तासम्म रुन्छु’ « Khabarhub

‘च्याम्पियन्स लिग जिते एक हप्तासम्म रुन्छु’


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि इङ्ग्लिस क्लब लिभरपुल र टोटनह्याम भिड्दैछन् । जुन १ (जेठ १८) मा स्पेनको मड्रिमा हुने फाइनल खेलमा टोटनह्याम अघिल्लो सिजनको उपविजेता टोली लिभरपुलसँग भीड्न लागेको हो ।

सेमिफाइनलमा डच टोली अयाक्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले टोलीलाई जित दिलाउन सके उनका लागि पनि यो सुखद् हुनेछ । किनकी पोचेटिन्हो प्रशिक्षक भएपछि अहिलेसम्मको यो नै पहिलो ट्रफी हुनेछ ।

उनले आफ्ना समर्थकहरुसँग वाचा गरेका छन् कि उनको टोलीले लिभरपुललाई पराजित गर्दै उपाधि उचालेको खण्डमा पुन एक पटक आँसु झार्नेछन् । सेमिफाइनलमा अयाक्सविरुद्ध जित हात पार्दा भावकु बन्दै मैदानमै भक्कानीएका अर्जेन्टिनी प्रशिक्षक पोचेिटन्होले गरेजस्तै युरोपका शीर्ष लिगहरुमा कमै मात्रै देखिन्छ । जहाँ उनी मैदानमै क्यामराको अगाडि भक्कानीदै मैदानमा लडेका थिए ।

जुन १ मा स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानमा सन २००८ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइन्लमा इङ्ग्लिस क्लब भिड्दै छन् । जुन टोटनह्यामले जितेको खण्डमा पोचेटिन्हो प्रशिक्षक भएपछिको पहिलो ट्रफी हुनेछ ।

‘मेरो आमा सधै भन्ने गर्नु हुन्छ, तिमी रुन्चे छौं,’ उनले भने,‘आमा भन्नुहुन्छ, खुसी हुँदा रुने, दु: खी हुँदा पनि रुने ? अब रुन छोड,’ पोचेटिन्होले भने,‘कहिलेकाहीँ यस्तै हुन्छ, जब म मेरो कार घर पुर्याउँछु । त्यो अभ्यास मैदानबाट मात्रै २० मिनेटको दुरीमा छ ।’

उनले गाडिमा हुँदा सुनेका गीतले कहिलेकाँही भावुक बन्ने गरेको उल्लेख गर्दै भनेका छन्,‘आँखामा आँसु लिएर घर पुगेको दिन श्रीमतीले पनि सोध्छिन् किन रोएको भनेर । त्यसमा म भन्छु, आज भन्दा ३० वर्ष अगाडिका मेरा अर्जेन्टिनाका दिनहरु सम्झन्छु । अनि उनी भन्छिन् तिमी पागल छौं ।’

चलचित्र हेर्ने गरेको उल्लेख गरेका उनले भने,‘हो म रुन्छु । हामीले च्याम्पियन्स लिगको उपाधि उचाल्यो भने थाहा छैन म कतिदिनसम्म रुन्छु । सादय एक हप्तासम्मै रुन्छु कि ?’

उनले प्रशिक्षक सधै राम्रो भएको हेर्न चाहने पनि बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ४ : १३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने