पिएम कप क्रिकेट– कर्णालीविरुद्ध पुलिसको फराकिलो जीत « Khabarhub

पिएम कप क्रिकेट– कर्णालीविरुद्ध पुलिसको फराकिलो जीत


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जीत हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा ‘म्याट’ पीचमा खेलाइएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले दिएको १ सय ८६ रनको लक्ष्य पाएको कणार्ली प्रदेशले २७ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो ।

कणार्लीलाई ९१ रनमा समेट्न आसिफ शेख र ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । कर्णालीका लागि सुशान्त थापाले २९ रन बनाएका थिए भने महेश खत्र्रीले १७ रन बनाउँदा दिनेश अधिकारीले १६ रन जोडेका थिए ।

कर्णालीविरुद्ध आसिफले १० ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै, ललितले ३ ओभर बलिङ गरेर ७ रन खर्चेर ३ विकेट लिए भने सागर ढकाल, पवन शरार्फ र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको पुलिस क्लबका लागि दिलीप नाथ र कुसल भुर्तेलले अर्धशतक प्रहार गरे । जसमा दीलिपले ७२ रन र कुसलले ६२ रन बनाएका थिए ।

पुलिसविरुद्ध कर्णालीका सुदन पोखरेलले ५ विकेट लिए भने दीवानले २ विकेट लिँदा कप्तान रविन्द्र शाही र दिनेश अधिकारीले समान एक–एक विकेट लिए ।

जीतसँगै पलिसले अंक तालिकामा २ अंक पाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ०५ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई