पिएम कप क्रिकेट– कर्णालीविरुद्ध पुलिसको फराकिलो जीत « Khabarhub

पिएम कप क्रिकेट– कर्णालीविरुद्ध पुलिसको फराकिलो जीत


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जीत हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा ‘म्याट’ पीचमा खेलाइएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले दिएको १ सय ८६ रनको लक्ष्य पाएको कणार्ली प्रदेशले २७ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो ।

कणार्लीलाई ९१ रनमा समेट्न आसिफ शेख र ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरे । कर्णालीका लागि सुशान्त थापाले २९ रन बनाएका थिए भने महेश खत्र्रीले १७ रन बनाउँदा दिनेश अधिकारीले १६ रन जोडेका थिए ।

कर्णालीविरुद्ध आसिफले १० ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै, ललितले ३ ओभर बलिङ गरेर ७ रन खर्चेर ३ विकेट लिए भने सागर ढकाल, पवन शरार्फ र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको पुलिस क्लबका लागि दिलीप नाथ र कुसल भुर्तेलले अर्धशतक प्रहार गरे । जसमा दीलिपले ७२ रन र कुसलले ६२ रन बनाएका थिए ।

पुलिसविरुद्ध कर्णालीका सुदन पोखरेलले ५ विकेट लिए भने दीवानले २ विकेट लिँदा कप्तान रविन्द्र शाही र दिनेश अधिकारीले समान एक–एक विकेट लिए ।

जीतसँगै पलिसले अंक तालिकामा २ अंक पाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ०५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा