घरेलु टोलीलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा « Khabarhub

घरेलु टोलीलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोलीलाई पराजित गर्दै साविक विजेता टोली अस्ट्रेलिया सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ । मंगलबार लड्स क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन मात्रै बनाउन सक्यो ।

इङ्ग्ल्यान्डलाई पराजित गर्न अस्ट्रेलियाका जसन बेरेन्डोफ र मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । बेरेन्डर्फले जारी विश्वकपमा पहिलो खेल खेल्ने अवसर पाएका थिए ।

अस्ट्रेलियाका बलरले धारीलो बलिङसामू निरिह देखिएको इङ्ग्ल्यान्डका लागि वेन स्टोक्सले ८९ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि स्टोक्सले ८९ रन बनाउँदा जोनी बेरिस्टाले २७, क्रिस वार्कसले २६ रन, जोस बटलर र अदिल राशिदले समान २५–२५ रन बनाए ।

इङ्ग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका वेरेन्डोफले १० ओभर बलिङ गर्दै ५ विकेट लिएर ४४ रन खर्चिए भने स्टार्कले ८.४ ओभरमा ४ विकेट लिँदै एक मेडन ओभरसहित ४३ रन खर्चेका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरे । उनले ११५ बलमा सय रन पुरा गर्दै शतक बनाए । यस्तै, डेभिड वार्नरले अर्धशतकसहित ५३ रन बनाउँदा एलेक्स क्यारेर र स्टेभ स्मिथले समान ३८— ३८ रन बनाए ।

अस्ट्रेलियाविरुद्ध इङ्ग्ल्यान्डका बलरले उत्कृष्ट बलिङ गर्दै अस्ट्रेलियालाई नियन्त्रणमा राख्न सफल भएका थिए । जसमा क्रिस वार्कसले २ विकेट लिँदा जोर्फा आर्चर, मार्क वुड,वेन स्टोक्स र मोइन अलिले समान एक –एक विकेट लिए ।

योसँगै विश्वकपमा इङ्ग्ल्यान्ड सन् १९९२ पछि सधै पराजित हुँदै आएको छ भने अस्ट्रेलियाले इङ्ग्ल्यान्डसामू आफलाई बलियो सावित गर्दै आएको छ ।
इङ्ग्ल्यान्डविरुद्ध ४ विकेट लिएका मिचेल स्टार्क विश्वकपमा सर्वाधिक धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १९ विकेट लिइसकेका छन् भने इङ्ग्ल्यान्डका आर्चरले १६ विकेट हात पारेका छन् भने उनी दोस्रो स्थानमा रहेका छन् ।

जीतसागै अस्ट्रेलिया विश्वकपको शिर्ष स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले ७ खेलबाट १२ अंक बनाउँदै सेमिफाइनलमा स्थान बनाउँदा घरेलु टोलीको ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ४६ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई