घरेलु टोलीलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा « Khabarhub

घरेलु टोलीलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोलीलाई पराजित गर्दै साविक विजेता टोली अस्ट्रेलिया सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ । मंगलबार लड्स क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन मात्रै बनाउन सक्यो ।

इङ्ग्ल्यान्डलाई पराजित गर्न अस्ट्रेलियाका जसन बेरेन्डोफ र मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । बेरेन्डर्फले जारी विश्वकपमा पहिलो खेल खेल्ने अवसर पाएका थिए ।

अस्ट्रेलियाका बलरले धारीलो बलिङसामू निरिह देखिएको इङ्ग्ल्यान्डका लागि वेन स्टोक्सले ८९ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि स्टोक्सले ८९ रन बनाउँदा जोनी बेरिस्टाले २७, क्रिस वार्कसले २६ रन, जोस बटलर र अदिल राशिदले समान २५–२५ रन बनाए ।

इङ्ग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका वेरेन्डोफले १० ओभर बलिङ गर्दै ५ विकेट लिएर ४४ रन खर्चिए भने स्टार्कले ८.४ ओभरमा ४ विकेट लिँदै एक मेडन ओभरसहित ४३ रन खर्चेका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरे । उनले ११५ बलमा सय रन पुरा गर्दै शतक बनाए । यस्तै, डेभिड वार्नरले अर्धशतकसहित ५३ रन बनाउँदा एलेक्स क्यारेर र स्टेभ स्मिथले समान ३८— ३८ रन बनाए ।

अस्ट्रेलियाविरुद्ध इङ्ग्ल्यान्डका बलरले उत्कृष्ट बलिङ गर्दै अस्ट्रेलियालाई नियन्त्रणमा राख्न सफल भएका थिए । जसमा क्रिस वार्कसले २ विकेट लिँदा जोर्फा आर्चर, मार्क वुड,वेन स्टोक्स र मोइन अलिले समान एक –एक विकेट लिए ।

योसँगै विश्वकपमा इङ्ग्ल्यान्ड सन् १९९२ पछि सधै पराजित हुँदै आएको छ भने अस्ट्रेलियाले इङ्ग्ल्यान्डसामू आफलाई बलियो सावित गर्दै आएको छ ।
इङ्ग्ल्यान्डविरुद्ध ४ विकेट लिएका मिचेल स्टार्क विश्वकपमा सर्वाधिक धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १९ विकेट लिइसकेका छन् भने इङ्ग्ल्यान्डका आर्चरले १६ विकेट हात पारेका छन् भने उनी दोस्रो स्थानमा रहेका छन् ।

जीतसागै अस्ट्रेलिया विश्वकपको शिर्ष स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले ७ खेलबाट १२ अंक बनाउँदै सेमिफाइनलमा स्थान बनाउँदा घरेलु टोलीको ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ४६ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र