नेकपाभित्रको अन्तरविरोध बढ्दो : विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल « Khabarhub

नेकपाभित्रको अन्तरविरोध बढ्दो : विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा उल्लेख गरिएको नागरिक दैनिकमा खबर छ। तर २०७५ जेठ ३ गते निर्वाचन आयोगमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धालाई घुमाउरो भाषामा स्वीकार गरिएको छ।

राजनीतिक प्रतिवेदनको ‘समाजवाद उन्मुख जनताको जनवाद’ शीर्षकको (झ) मा नयाँ संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासनव्यवस्था र त्यसमा आधारित समाजवादप्रति प्रतिबद्ध रहने उल्लेख छ। राजनीतिक प्रतिवेदनमा संविधानको सर्वोच्चता स्विकारेर अन्तिम लक्ष्य समाजवादमा पुग्न बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्ने भनिएको छ।

राजनीतिक प्रतिवेदनमा विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषयवस्तु मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको उल्लेख छ। त्यसैगरी प्रतिवेदनमा राज्यलाई प्रस्ट रूपमा समाजवादउन्मुख, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक भनेर परिभाषित गरिएको छ। ‘यसले हाम्रो परिवर्तन, राज्य र समाजको चरित्रलाई निर्दिष्ट गरेको छ,’ उल्लेख छ। अहिले पार्टीभित्र चलिरहेको विवाद पनि बहदुदलीय प्रतिस्पर्धा वा जनताको जनवाद हुने भन्ने विषय हो। यही विवादले एकतापछिको राजनीतिक प्रतिवेदन प्रकाशन हुन सकेको छैन।

त्यस्तै पत्रिकाले प्राथमिकता पूर्वाधार निर्माण शीर्षकमा लेखेको समाचारमा मंगलबार सार्वजनिक स्थानीय सरकारको बजेटले स्थानीय तहको अभ्यास शुरु भएको उल्लेख गरिएको छ । स्थानीय सरकारमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : ०५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन