फ्री तिब्बतको कार्यक्रममा सहभागी सांसद पार्टी सदस्यबाट निलम्बित « Khabarhub

फ्री तिब्बतको कार्यक्रममा सहभागी सांसद पार्टी सदस्यबाट निलम्बित


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी नेपालको पूर्ण कार्यकारिणी समितिको पूर्णबैठकले पार्टीका जनप्रतिनिधि प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पार्टीको बैठकले लाटभीया देशको राजधानी रिगामा भएको इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टेरियन अफ फ्री तिब्बतको कार्यक्रममा पार्टीलाई जानकारी नै नगराइ भाग लिन गएको भन्दै यादवलाई ६ महिनाका लागि निलम्बन गरेको समाजवादी पार्टी नेपालले जनाएको छ । यादवलाई सोधिएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नआएपछि कारबाहीस्वरुप निलम्बन गरिएको समाजवादी पार्टीले जनाएको छ ।

समाजवादी पार्टी, नेपालको बैठकको निर्णय

निलम्बित यादव यादव राष्ट्रिय जनता पार्टीका सांसद एकवाल मियाँसँगै कार्यक्रममा सहभागी भएका थिए। यादवको सहभागीताबारे नेपालस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको खबरहरू सार्वजनिक भएका थिए।

कारबाहीमा परेका सांसद यादवले भने पार्टीको यो निर्णयले आफूलाई चकित बनाएको बताएका छन् । उनले पार्टीले गर्ने सम्पूर्ण निर्णय आफूले मान्ने भन्दै पार्टीका लागि १२ बर्षदेखि खटेको भन्दै पार्टीलाई मजबुद बनाउन लाग्ने बताएका छन् ।

अन्जानमै आफूबाट गल्ती भएको भन्दै उनले आफूहरु जानाजान लाट्भियाको कार्यक्रममा नगएको, त्यसबारे पार्टीलाई जानकारी गराएको र एकजना माननीयज्यूले ‘एउटा इन्टरन्याशनल सांसदहरूको कार्यक्रम छ भनेपछि युरोप घुमेर आउने योजनाका साथ गएको बताएका छन् ।

पार्टीको निर्णयले आफूलाई दुखी बनाएपनि निर्णय स्वीकार्य रहेको उनले बताएका छन् । उनले भनेका छन्,’ म जुन दिन त्यो कार्यक्रममा गएको थिएँ, त्यसै दिन मलाई फसिएको हो भन्ने लागेको थियो। तर पार्टी भनेको आमा हो आमासित म कहिल्यै पनि गद्दारी गर्दिनँ।’

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : ३८ बजे

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै 

सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले सभाको अपमान गरेको भन्दै