कुन राशिका व्यक्तिले कस्तो ‘पर्स’ बोक्दा फलिफाप हुन्छ ? « Khabarhub

कुन राशिका व्यक्तिले कस्तो ‘पर्स’ बोक्दा फलिफाप हुन्छ ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रबाट मानिसको भविष्यका बारेमा मात्र होइन उसले धारण गर्ने वस्त्रले त्यसमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि जानकारी पाउन सकिन्छ ।

यदी जन्मकुण्डलीमा केही ग्रह दोष रहेको छ भने मानिसमा त्यसको असर देखिएकै हुन्छ । ग्रह दोषका कारण मानिसले जति पैसा कमाए पनि बचत नहुने सम्भावना रहन्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् । यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा कमी आउन सक्छ र, कयौं सकरात्मक फल प्राप्त हुने विश्वास गरिन्छ ।

सामान्यतया मानिसहरुले पैसा राख्नको लागी ‘पर्स’ बोक्ने गर्छन् । त्यस्तो पर्सले पनि राशि अनुसार प्रभाव पार्ने गर्छ । राशि अनुसार पर्स बोक्नुभयो भने त्यसले पक्कै सकारात्मक प्रभाव पार्ने ज्योतिषाचार्यहरु बताउँछन् ।

तपाइको राशि अनुसार कुन पर्स बोक्दा राम्रो ?

मेषः यो राशिका मानिसहरुले रातो पर्स वा मरुन रंगको पर्स बोक्दा राम्रो हुनेछ । यस राशिको स्वामी मंगल हो, मंगलको प्रिय रंग रातो हो ।

वृषः वृष राशिको स्वामी ग्रह शुक्र हो । अतः यस राशिका मानिसहरुले शुक्रसँग सम्बन्धीत रंग सेतो वा चम्कीलो सिल्भर कलरको पर्स बोक्नु उत्तम हुन्छ ।

मिथुनः यस राशिका मानिसहरुको लागि हरियो रंग लाभदायी मानिन्छ । मिथुन राशिको स्वामी बुध हो र बुधको प्रिय रंग हरियो हो ।

कर्कटः यस राशिको स्वामी चन्द्र हो । चन्द्रको प्रिय रंग सेतो वा सादा रंग हुने गर्छ । अतः कर्कट राशिका मानिसहरुले सेतो वा फिक्का रंगको पर्स बोक्नु फलदायी हुन्छ ।

सिंहः सिंह राशिको स्वामी सूर्य हो । सूर्यलाई उर्जाको प्रतिक मानिन्छ । यसको प्रिय रंग रातो, पहेलो र खैरो हो । त्यसैले सिंह राशिका मानिसहरुले यस्ता रंग भएका पर्स बोक्नु उचित हुन्छ ।

कन्याः कन्या राशिको स्वामी बुध हो । बुध ग्रहको प्रिय रंग हरियो हो । अतः यस कन्या राशिका मानिसहरुले हरियो रंगको पर्स बोक्नु फाइदाजनक हुन्छ ।

तुलाः यस राशिका मानिसहरुले सेतो रंग वा चम्कीलो रंगको पर्स बोक्नु लाभदायी हुन्छ । तुला राशिको स्वामी शुक्र हो । र, शुक्र राशिका सेतो रंग उचित हो ।

वृश्चिकः विश्चिक राशिको स्वामी मंगल हो । मंगलको प्रिय रंग कलेजी रंग हो । अतः यस राशिका मानिसहरुले कलेजी रंगको पर्स बोकेमा लाभदायी हुनेछ ।

धनुः धनु राशिको स्वामी ग्रह बृहस्पति हो । देव गुरु बृहस्पतिको प्रिय रंग पहेलो हो । अतः यस राशिका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु फलदायी हुन्छ ।

मकरः मकर राशिका मानिसहरुले निलो अथवा कालो रंगको पर्स बोक्नु उत्तम हुनेछ । यस राशिको स्वामी शनि हो । शनिको प्रिय रंग निलो र कालो हो ।

कुम्भः जुन मानिसहरुको राशि कुम्भ रहेको छ, उनीहरुले निलो, कालो वा कुनै गाडा रंगको पर्स बोक्नु लाभदायी हुनेछ । यस राशिको स्वामी शनि हो । र, यस प्रकारको रंग शनिको प्रिय रंग हो ।

मीन:  मीन राशिको ग्रह स्वामी गुरु हो । गुरुको प्रिय रंग पहेलो हो । त्यसैले मीन राशिका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु अत्यन्त शुभ हुने छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ११ : १९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब