बालुवाटार जग्गा प्रकरण– अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो « Khabarhub

बालुवाटार जग्गा प्रकरण– अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा ८६ जनालाई बनायनको लागि बोलाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिन भित्रमा बयानका लागि उपस्थित हुन निर्देशन जारी गर्दै सूचना प्रकाशित गरेको छ ।

अख्तियारले जारी गरेको सूचनामा भनिएको छ– तपाईसमेतको संलग्नतामा सरकारले प्रचलित कानुनबमोजिमको मुआव्जा समेत दिई अधिगहण गरिलिएको साविक हाँडीगाउँ मोजा हा नं ३४५ को लगत भिड्ने ललिता निवास क्याम्पाभित्र पर्ने काठमाडौं बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यलय काठमाडौं डिल्लीबजारका कर्मचारीहरुको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही काय गरी भ्ष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीको अनुसन्धान सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ । यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगमा सम्पर्क राख्न, नआए कानुन बमोजिम भइ जानेछ ।’

जग्गा प्रकरणमा यसअघि चर्चामा रहेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम भने अख्तियारले जारी गरेको सूचीमा छैन ।
अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार उनीहरु सम्पर्कमा रहेको र सूचीमा जारी भएका नामहरुसँग फोनमा सम्पर्क हुन नसकेपछि सूचना जारी गरिएको हो ।

हेर्नुहोस् सूची–

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : ५२ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट