बालुवाटार जग्गा प्रकरण– अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण– अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा ८६ जनालाई बनायनको लागि बोलाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिन भित्रमा बयानका लागि उपस्थित हुन निर्देशन जारी गर्दै सूचना प्रकाशित गरेको छ ।

अख्तियारले जारी गरेको सूचनामा भनिएको छ– तपाईसमेतको संलग्नतामा सरकारले प्रचलित कानुनबमोजिमको मुआव्जा समेत दिई अधिगहण गरिलिएको साविक हाँडीगाउँ मोजा हा नं ३४५ को लगत भिड्ने ललिता निवास क्याम्पाभित्र पर्ने काठमाडौं बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यलय काठमाडौं डिल्लीबजारका कर्मचारीहरुको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही काय गरी भ्ष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीको अनुसन्धान सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ । यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगमा सम्पर्क राख्न, नआए कानुन बमोजिम भइ जानेछ ।’

जग्गा प्रकरणमा यसअघि चर्चामा रहेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम भने अख्तियारले जारी गरेको सूचीमा छैन ।
अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार उनीहरु सम्पर्कमा रहेको र सूचीमा जारी भएका नामहरुसँग फोनमा सम्पर्क हुन नसकेपछि सूचना जारी गरिएको हो ।

हेर्नुहोस् सूची–

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : ५२ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त