राष्ट्रिय सभा बैठक– कुन सांसदले के भने ? « Khabarhub

राष्ट्रिय सभा बैठक– कुन सांसदले के भने ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गरिन् ।

अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस संचालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुर्याउन उनले माग गरिन् ।

सांसद दुर्गाप्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताए । सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गरे ।

सांसद नन्दा चपाईले एक राष्ट्रिय दैनिक पत्रिकामा असार ५ गते छापिएको एउटा समाचारमा समितिको काम झारा टराइ भन्दै लेखेकोमा आपत्ति जनाइन् ।

पत्रिकाले बिधायन समितिमा गुठि बिधेयकको छलफल झारा टराइ भन्दै लेखेकोले संसद्को मानहानी भएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । राष्ट्रिय सभामा पेश भए पनि समितिमा बिधेयक नै नआएको अवस्थामा यसरी समाचार आउनुले समितिको गरिमामा आँच आउने काम भएको उनको भनाइ थियो ।

सांसद बद्रि पाण्डेले असार १० गते कन्चनपुरको पुनर्बास नगरपालिकाको नगर परिषदमा अतिथि भइ पुगेकी खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने कांग्रेस कार्यकर्तालाई प्रहरी र नेकपाको कार्यकर्ता लगाएर कुटपिट गरेको भन्दै बिरोध गरे ।

सांसद रमेशजंग रायमाझीले काठमाडौँमा युवतीहरु माथि श्रिङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण बढेको भन्दै,यस्तो कार्यको तुरुन्त छानवीन गर्न माग गरे ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : २३ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री