राष्ट्रिय सभा बैठक– कुन सांसदले के भने ? | Khabarhub Khabarhub

राष्ट्रिय सभा बैठक– कुन सांसदले के भने ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गरिन् ।

अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस संचालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुर्याउन उनले माग गरिन् ।

सांसद दुर्गाप्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताए । सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गरे ।

सांसद नन्दा चपाईले एक राष्ट्रिय दैनिक पत्रिकामा असार ५ गते छापिएको एउटा समाचारमा समितिको काम झारा टराइ भन्दै लेखेकोमा आपत्ति जनाइन् ।

पत्रिकाले बिधायन समितिमा गुठि बिधेयकको छलफल झारा टराइ भन्दै लेखेकोले संसद्को मानहानी भएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । राष्ट्रिय सभामा पेश भए पनि समितिमा बिधेयक नै नआएको अवस्थामा यसरी समाचार आउनुले समितिको गरिमामा आँच आउने काम भएको उनको भनाइ थियो ।

सांसद बद्रि पाण्डेले असार १० गते कन्चनपुरको पुनर्बास नगरपालिकाको नगर परिषदमा अतिथि भइ पुगेकी खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने कांग्रेस कार्यकर्तालाई प्रहरी र नेकपाको कार्यकर्ता लगाएर कुटपिट गरेको भन्दै बिरोध गरे ।

सांसद रमेशजंग रायमाझीले काठमाडौँमा युवतीहरु माथि श्रिङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण बढेको भन्दै,यस्तो कार्यको तुरुन्त छानवीन गर्न माग गरे ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : २३ बजे

मकवानपुरमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा जिप दुर्घटना

प्रेस स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुँदैन : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस तथा

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि

समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली

राष्ट्रिय व्यवसायी महासंघ : प्रधानमन्त्री र अर्थमन्त्रीले नपत्याएपछि प्रचण्ड गुहारे

काठमाडौं– नेपाल राष्ट्रिय व्यवसायी महासंघले सातौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय