एप्पल स्मार्टवाचले बिरामीको ज्यान जोगायो « Khabarhub

एप्पल स्मार्टवाचले बिरामीको ज्यान जोगायो


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान डिएगो– अमेरिकामा एप्पलको स्मार्ट घडीले एक रोगीको ज्यान जोगाएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरमा रेष्टुरेन्टमा गएका व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि डाक्टरले आफ्नो एप्पल वाच सिरिज ४ को सहयोगमा बिरामीको शरीरमा भएको आर्टरी आइब्रिलेशन (ए–फिब) पत्ता लगाएका थिए ।

बिरामीको ज्यान जोगाउने डा. टोमी कोर्न सान डिएगो शहरमा नेत्र रोग विशेषज्ञका रुपमा कार्यरत रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ए–फिब भएका व्यक्तिको मुटुको चाल अस्थीर हुने तथा शरीरमा रगतको मात्रा असन्तुलित हुने बताइन्छ ।

एक रेष्टुरेन्टमा भएका बेला बिरामीको स्वास्थ्यमा एककासी समस्या आएपछि सोही रेष्टुरेन्टमा रहेका डाक्टरले एप्पल वाचको प्रयोग गरी बिरामीको शरीरमा मुटुको चाल जाँच गरेका थिए । जाँचपछि उनलाई ए फिब भएको पत्ता लागेको थियो ।

एप्पल वाचमा भएको इसीजीजस्तो प्रविधिले मानिसको शरीरमा मुटुको धड्कन जाँच गर्न सक्छ । र ए फिबबारे नोटिफिकेसन पठाउन सक्छ ।
इसीजी प्रविधि भएको एप्पल वाच ४ हाल युरोप अमेरिका र हंकङमा उपलब्ध छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ४७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच