अमेरिकी प्रतिवेदन- नेपालमा हिन्दु राष्ट्रका लागि भाजपाको पहल « Khabarhub

अमेरिकी प्रतिवेदन- नेपालमा हिन्दु राष्ट्रका लागि भाजपाको पहल


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नेपालमा हिन्दु राष्ट्र चाहेको अमेरिकी प्रतिवेदनले देखाएको छ ।

अमेरिकाले सन् २०१८ मा विश्वमा धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनका लागि भाजपाले नेपालका राजनीतिक पार्टीहरुलाई प्रभावमा पारिरहेको तथ्य सार्वजनिक गरेको हो ।

भारतका हिन्दुत्ववादी शक्तिहरुले नेपालका सबै पार्टीलाई प्रभावमा पारेर नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नका लागि पहल गरिरहेको उक्त प्रतिवदेनमा जनाइएको छ । २०१८ अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन नाम दिइएको उक्त प्रतिवेदनमा गत डिसेम्बर महिनामा प्रतिपक्षी दल नेपाली काँग्रेसको महाधिवेसन प्रतिनिधिको भेलाको मुख्य एजेण्डा नभएपनि नेपाललाई हिन्दु राज्यमा फर्काइनुपर्ने आवाज उठेको उल्लेख छ ।

नेपालमा दक्षिणपन्थी धार्मिक संगठन तथा उग्र हिन्दुवादी संस्थाहरुले नेपालमा इसाईहरुका लागि प्रतिकूल वातावरण निर्माण गर्न एवं हिन्दु धर्म अन्तर्गतका उपल्लो जातीका मानिसहरुलाई तल्लो जातिका मानिसहरुलाई भेदभाव गर्न उक्साइरहेको समेत उल्लेख गरिएको छ ।

सरकारले क्रिसमसको विदा समेत कटौती गरेको भन्दै प्रतिवेदनमा यसले मुलुकमा इसाईविरोधी भावना पनि बढ्दै गएको देखिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ०५ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा