एएफसी कपको अन्तिम खेलमा पनि मनाङ पराजित « Khabarhub

एएफसी कपको अन्तिम खेलमा पनि मनाङ पराजित


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी कपको अन्तिम खेलमा पनि नेपालको लिग च्याम्पियन टोली मनाङ-मस्याङ्दी क्लब पराजित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोस्थित मैदानमा भएको खेलमा मनाङलाईं भारतीय क्लब चेन्नाईनले ३-२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा मनाङले पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा ३ गोल खायो । चेन्नाइनले खेलको ५३ औं, ६७ औं र ८९ औं मिनेटमा गोल गर्दै मनाङलाई पराजित गरेको हो ।

चेन्नाइनविरुद्ध मनाङले २ गोल फर्काए पनि जीत हात पार्न भने असफल भयो । जसमा मनाङका फरवार्ड अफिजे ओलाओलेले गोल गरेका थिए ।
उनले खेलको ७२ औं र ७९ औं मिनेटमा गोल गर्दै पाहुना टोलीविरुद्धको २ गोल फर्काएका थिए ।

चेन्नाईनका लागि ५३ औं मिनेटमा मोहम्मद राफिले र ६७ औं मिनेटमा इला साबियाले गोल गरेका थिए भने ८९ औं मिनेटमा टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै रफीले चेन्नाइनलाई मनाङविरुद्ध ३-२ को जीत दिलाए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : २६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा