इराकमा भेटियो भगवान् राम र हनुमानको आकृति | Khabarhub Khabarhub

इराकमा भेटियो भगवान् राम र हनुमानको आकृति


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– मध्यपूर्वी मुलुक इराकको होरान शेखान शहरनजिक भगवान् राम र हनुमानको आकृति फेला परेको छ ।

भारतको अयोध्या शोध संस्थानले गरेको एक शोधअनुसार होरान शेखान क्षेत्रको दरबन्द–ए–बलुलाको पहाडी इलाकामा राम र हनुमानको आकृति पहरामा खोपिएको अवस्थामा फेला परेको भारतबाट प्रकाशित हुने पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ ।

शोधका लागि भारतीय टोली त्यसतर्फ गएको थियो ।

उक्त आकृति २००० ईसापूर्वको रहेको जनाइएको छ । उक्त आकृतिमा छाति खाली राखेका राजाले धनु, वाण र कम्मरमा छोटो तरबार बोकेको आकृति रहेको बताइएको छ ।

ती राजाका नजिक बाँदरको मुख भएका उनका सेवक देखिन्छ । उनीहरु भगवान् राम र उनका सेवक हनुमान भएको भारतबाट अध्ययनमा गएको टोलीले दाबी गरेको छ ।

इराकी विद्वानहरुले भने उक्त आकृति पहाडी इलाकाका जातिका मुखिया टरडुनीको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ४३ बजे

चितवन राइनोजले सार्वजनिक गर्‍यो एनपीएलको जर्सी

भरतपुर-चितवन राइनोजले नेपाल प्रियिमर लिग (एनपीएल) मा प्रयोग गर्ने जर्सी

एनपीएलमा ‘पावर्ड बाई’ साझेदारका रूपमा जोडियो एनसेल

काठमाडौं– एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ ।  आगामी

विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयको एक अर्ब जम्मा

काठमाडौं – अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ

विष्णुमती करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

काठमाडौं– टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन

‘प्रधानमन्त्रीविरुद्ध जनतामा भ्रम छर्नु राष्ट्र र जनताविरुद्धको षड्यन्त्र’ 

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो