इराकमा भेटियो भगवान् राम र हनुमानको आकृति | Khabarhub Khabarhub

इराकमा भेटियो भगवान् राम र हनुमानको आकृति


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– मध्यपूर्वी मुलुक इराकको होरान शेखान शहरनजिक भगवान् राम र हनुमानको आकृति फेला परेको छ ।

भारतको अयोध्या शोध संस्थानले गरेको एक शोधअनुसार होरान शेखान क्षेत्रको दरबन्द–ए–बलुलाको पहाडी इलाकामा राम र हनुमानको आकृति पहरामा खोपिएको अवस्थामा फेला परेको भारतबाट प्रकाशित हुने पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ ।

शोधका लागि भारतीय टोली त्यसतर्फ गएको थियो ।

उक्त आकृति २००० ईसापूर्वको रहेको जनाइएको छ । उक्त आकृतिमा छाति खाली राखेका राजाले धनु, वाण र कम्मरमा छोटो तरबार बोकेको आकृति रहेको बताइएको छ ।

ती राजाका नजिक बाँदरको मुख भएका उनका सेवक देखिन्छ । उनीहरु भगवान् राम र उनका सेवक हनुमान भएको भारतबाट अध्ययनमा गएको टोलीले दाबी गरेको छ ।

इराकी विद्वानहरुले भने उक्त आकृति पहाडी इलाकाका जातिका मुखिया टरडुनीको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ४३ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार