मलेसियाको भ्रष्टाचारविरोधी आयोगले भिसा प्रणालीबारे गृहमन्त्रालयलाई जानकारी गराउने « Khabarhub

मलेसियाको भ्रष्टाचारविरोधी आयोगले भिसा प्रणालीबारे गृहमन्त्रालयलाई जानकारी गराउने


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– मलेसियाको भ्रष्टाचारविरोधी आयोगले विदेशी नागरिकलाई दिइने भिसा प्रणालीका कमजोरीबारे तत्काल गृहमन्त्रालयलाई जानकारी गराउने भएको छ ।

भिसा प्रणालीमा भएको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको भन्दै मलेसियाका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री डाक्टर अहमद जाहिद हमिदीमाथि मुद्दा दायर गरिएपछि मलेसियाको भ्रष्टाचार विरोधी आयोगले भिसा प्रणालीबारे तत्काल गृहमन्त्रालयलाई जानकारी गराइने जनाएको हो ।

आयोगका उपप्रमुख अजाम बाकीले भिसा प्रणालीका कमजोरीबारे प्रतिवेदन पेश गर्ने जनाएका हुन् । उनीमाथि चीनमा मलेसियाको वान स्टेप भिसा सेन्टर स्थापना गर्ने बेला एक कम्पनीबाट दशौं लाख सिङ्गापुरियन डलर घुस खाएको अभियोग लागेको छ ।

उनले सार्वजनिक पदमा रहँदा चीनमा मलेसियाका वान स्टेप भिसा सेन्टर स्थापनाका लागि अल्ट्र किराना एसडीएन बीएचडी कम्पनीबाट ४२ लाख ४० हजार सिङ्गापुरियन डलर घुस लिएको ७ अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

दोषी प्रमाणित भए उनलाई २० वर्षसम्म जेल सजाय हुनसक्ने जनाइएको छ । उनलाई बिहीबार अदालतमा थप अभियोग दर्ता गरिने मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : २६ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को