मलेसियाको भ्रष्टाचारविरोधी आयोगले भिसा प्रणालीबारे गृहमन्त्रालयलाई जानकारी गराउने | Khabarhub Khabarhub

मलेसियाको भ्रष्टाचारविरोधी आयोगले भिसा प्रणालीबारे गृहमन्त्रालयलाई जानकारी गराउने


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– मलेसियाको भ्रष्टाचारविरोधी आयोगले विदेशी नागरिकलाई दिइने भिसा प्रणालीका कमजोरीबारे तत्काल गृहमन्त्रालयलाई जानकारी गराउने भएको छ ।

भिसा प्रणालीमा भएको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको भन्दै मलेसियाका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री डाक्टर अहमद जाहिद हमिदीमाथि मुद्दा दायर गरिएपछि मलेसियाको भ्रष्टाचार विरोधी आयोगले भिसा प्रणालीबारे तत्काल गृहमन्त्रालयलाई जानकारी गराइने जनाएको हो ।

आयोगका उपप्रमुख अजाम बाकीले भिसा प्रणालीका कमजोरीबारे प्रतिवेदन पेश गर्ने जनाएका हुन् । उनीमाथि चीनमा मलेसियाको वान स्टेप भिसा सेन्टर स्थापना गर्ने बेला एक कम्पनीबाट दशौं लाख सिङ्गापुरियन डलर घुस खाएको अभियोग लागेको छ ।

उनले सार्वजनिक पदमा रहँदा चीनमा मलेसियाका वान स्टेप भिसा सेन्टर स्थापनाका लागि अल्ट्र किराना एसडीएन बीएचडी कम्पनीबाट ४२ लाख ४० हजार सिङ्गापुरियन डलर घुस लिएको ७ अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

दोषी प्रमाणित भए उनलाई २० वर्षसम्म जेल सजाय हुनसक्ने जनाइएको छ । उनलाई बिहीबार अदालतमा थप अभियोग दर्ता गरिने मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : २६ बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।