पारिवारिक मस्तीमा मेस्सी (फोटो फिचर) « Khabarhub

पारिवारिक मस्तीमा मेस्सी (फोटो फिचर)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी यतिबेला पारिवारिक घुमघाममा रमाइरहेका छन् । क्लबका सहकर्मी नयाँ सिजनमा व्यस्त भइरहेका बेला उनी श्रीमती र छोराहरुसँग सामुद्रिक तटमा मस्ती गरिरहेका छन् ।

प्रिसिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक समेत गरेका छन् । मेस्सी प्रिसिजनको तयारीका लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने टुंगो लागेको छैन ।

कोपा अमेरिका कपको सेमिफाइनलबाट अर्जेन्टिना बाहिरिएपछि मेस्सी निकै तनाबमा थिए । विस्तारै सम्हालिएका मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिइरहेका छन्। बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गरिसकेको छ ।

बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गरेको हो । जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेलेको छ । बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ ।

मेस्सीले प्रिसिजनका दुई वा तीन खेल मात्र खेल्ने बताईएको छ । उनी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने साविक विजेता बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : ३२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद